स्थानीय
हेटौंडाबाट ११ करोड बढिको सुन सहित दुई भारतीय नागरिक पक्राउ
हेटौंडा । हेटौंडामा ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिक पक्राउ परेको छ। उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ। प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको...
मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु
मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । ६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा...
एक भारतीय नागरिक अवैध सुनसहित पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा मंगलबार एक भारतीय नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति ३४ वर्षीय सुजित सर्राफ हुन्, जो भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवाका निवासी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, सुजितलाई विशेष सूचनाको आधारमा...
पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न
हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी...
सुचारु भए हेटौडा काठमाडौँ जोड्ने केही सडक
हेटौंडा । हेटौडा काठमाडौँ जोड्ने केही सडकहरू सुचारु भएका छन्। त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गत हेटौडा, भैसे, सिमभन्याङ, पालुङ, कुन्छाल, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट निस्कने चित्लाङ थानकोट सडक खण्ड सुचारु अवस्थामा रहेको छ। त्यस्तै, त्रिभुवन लोकपथको हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे सडक खण्ड पनि सुचारु भएको छ। यस्तै,मदन भण्डारी...
कुलेखानी जलाशयको ढोका बन्द
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिएको छ । ३१ बर्ष पछि ईन्द्रसराेवर तालमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने...
पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। निधन भएकाहरुमा अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ...
इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा ६ बालक बाढी कारण बेपत्ता
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढी कारण बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका...
इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा ३० घर बगायाे , खानीखेतका २८ घर डुबानमा
हेटौंडा । लगातार परिरहेकाे अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीमा ३० घर बगाएको छ । वर्षाका कारण आएको बाढीले गर्दा ईन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीका बासिन्दाहरुले जाेखिम खेपिरहेका छन् । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।...
मकवानपुरगढीको सामरी खोलामा पानीको बहाब अत्याधिक बढ्यो , तटिय क्षेत्र उच्च जोखिममा
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा पानीको मात्रा अत्यधिक वृद्धि भएको छ। स्थानीय जानकारहरूका अनुसार, यो वर्षको बाढी २०६१ सालको बाढी पछिको ठुलो मानिएको छ, जसले खोला आसपासका बासिन्दालाई चिन्तित बनाएको छ। सामरी क्षेत्रका डुम्रेकुना, भालुखोला, धादिङ, सिमल्टार र बुग्दोल जस्ता स्थानहरूमा बाढीको जोखिम बढ्दै गएको छ। विशेषगरी, धादिङ...










