स्थानीय
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस आइतबार नियुक्ति दिइने
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टे रहेको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा निर्णय गरेको हो। पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ उमेरको कारण पदमुक्त भएपछि ७ महिना लामो रिक्ततापछि महेश्वर श्रेष्ठको...
हेटौंडा–काठमाडौँ छोटो दूरीको मार्ग तीन दिन बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाडौँको छोटो दूरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ। मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला क्षेत्रमा मर्मत र हिम पाइप हाल्ने काम भइरहेको कारणले यो निर्णय गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काका अनुसार, हेटौंडाबाट काठमाडौँ जानको लागि कुलेखानी फाखेल र सिस्नेरी हुँदै...
उद्योग मन्त्री तामाङद्वारा नापी कार्यालय मकवानपुरको अनुगमन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन्। बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयमा पुगेर मन्त्री तामाङ्ले अनुगमन गरिन्। अनुगमनका क्रममा, मन्त्री तामाङ्ले कार्यालयमा रहेका समस्याबारे जानकारी लिदै कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सेवा प्रणालीलाई जनतामा सहज...
मकवानपुरगढीको धादिङ चौरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रथम अध्यक्ष हुमागाईंद्वारा युवा खेलाडीहरूको प्रशंसा
मकवानपुर, २३ असोज – गढी गाउँपालिकाको धादिङ चौरमा आयोजित तीनदिने फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना गढी ५ का युवा खेलाडीहरूले गरेका थिए। २१ गतेबाट सुरु भएको खेलको फाइनलमा बुङ्गदल फुटबल क्लबले धादिङ फुटबल क्लबलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा कुल ६ वटा...
हेटाैंडाकाे संगमचाेकमा आज शिव ताण्डब देखाइने
हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-२ स्थित संगमचाेकमा आज शिव ताण्डव नृत्य देखाइने भएकाे छ । संगमचाेका दुर्गा भवानीकाे पूजाआजा चलिरहेकाे छ । विजया दशमीकाे अबसरमा दुर्गा पूजा समाराेह सहमित, हेटाैंडा-२ संगमचाेकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम हुँदै आएकाे आयाेजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६...
मकवानपुरमा ३९२ किलो गाँजासहित २ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमाबाट ३९२ किलो लागूऔषध गाँजा र ट्याङकर गाडी सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङकर गाडीलाई रोकेर चेकजाँच गरेको थियो। चालक २६...
कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल संचालनमा
हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको बागमती ९बगुवा० पुल पुनः संचालनमा आएको छ। वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो । बाढीका कारण पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाइएप छि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको थियो। असोज...
कान्ति राजपथ खुलाउन अझै केही दिन लाग्ने
हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग...
गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास
मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्यायो । बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि...
हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी
हेटौंडा । अविरल बर्षासगैं आएको बाढिपहिरोको कारण बन्द रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ । अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो...










