स्थानीय

हेटाैंडाकाे संगमचाेकमा आज शिव ताण्डब देखाइने

हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-२ स्थित संगमचाेकमा आज शिव ताण्डव नृत्य देखाइने भएकाे छ । संगमचाेका दुर्गा भवानीकाे पूजाआजा चलिरहेकाे छ । विजया दशमीकाे अबसरमा दुर्गा पूजा समाराेह सहमित, हेटाैंडा-२ संगमचाेकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम हुँदै आएकाे आयाेजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६...

मकवानपुरमा ३९२ किलो गाँजासहित २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमाबाट ३९२ किलो लागूऔषध गाँजा र ट्याङकर गाडी सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङकर गाडीलाई रोकेर चेकजाँच गरेको थियो। चालक २६...

कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल संचालनमा

हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको बागमती ९बगुवा० पुल पुनः संचालनमा आएको छ। वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो । बाढीका कारण पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाइएप छि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको थियो। असोज...

कान्ति राजपथ खुलाउन अझै केही दिन लाग्ने

हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग...

गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास

मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍यायो । बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि...

हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी

हेटौंडा । अविरल बर्षासगैं आएको बाढिपहिरोको कारण बन्द रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ । अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो...

हेटौंडाबाट ११ करोड बढिको सुन सहित दुई भारतीय नागरिक पक्राउ

हेटौंडा । हेटौंडामा ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिक पक्राउ परेको छ। उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ। प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको...

मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु

मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । ६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा...

एक भारतीय नागरिक अवैध सुनसहित पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा मंगलबार एक भारतीय नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति ३४ वर्षीय सुजित सर्राफ हुन्, जो भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवाका निवासी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, सुजितलाई विशेष सूचनाको आधारमा...

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न

हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी...