हेटौंडा–काठमाडौँ छोटो दूरीको मार्ग तीन दिन बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाडौँको छोटो दूरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ। मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला क्षेत्रमा मर्मत र हिम पाइप हाल्ने काम भइरहेको कारणले यो निर्णय गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काका अनुसार, हेटौंडाबाट काठमाडौँ जानको लागि कुलेखानी फाखेल र सिस्नेरी हुँदै जानुपर्नेछ।
प्रहरीले हेटौंडा–भैसे पालुङ र कान्तिलोकपथ राजमार्गको प्रयोग गर्न भनिएको छ। हेटौंडाबाट काठमाडौँ जान रोकिएको भएपनि काठमाडौँबाट हेटौंडा आउनका लागि उक्त मार्ग एकतर्फी खुला रहेको छ।