दिव्यताले भरियको तपोवन धाम , जहाँँ तेत्तीस कोटी देवताको बास रहेको विस्वास !
हेटौंडा । मकवानपुरको एक यस्तो धार्मिक स्थल जहाँ तेत्तीस कोटि देवि देवताहरुले बास गर्ने मान्यता र बिस्वास रहि आएको छ । हेटौंडा १९ मा रहेको सानन्टारमा विगत केही बर्षदेखि देवि देवतारहेको पत्ता लागेको थियो । २०७१ साल मंसिर १२ गते उक्त ठाउँमा देवि देवता रहेको थाहा पाई उत्खनन् गरिएको थियो । तेत्तीस कोटि देवि देवताहरुले बास गर्ने त्यस ठाउँलाई तपोवन भन्ने गरिएको छ । जसको अर्थ भगवानहरु त्यस ठाउँमा आएर शान्ति पुर्व आसन गर्ने र तपस्या गर्ने गरेको भन्ने मान्यता रहेको छ ।
उक्त स्थानका स्थानीय हरि बहादुर अधिकारीको सपनामा भगवानहरु आउने गरेको उनले बताउनु भयो । मन्दिरको थापना हुनु भन्दा अगाडि उहालाई सपनामा आएर त्यस ठाउँमा भगवानहरु रहेको स्मरण गराईएको उनले बताए । अधिकारी लाई ३ देखि ४ बर्ष सम्म सपनामा आएर र आफ्नो स्थानको बारेमा बताई रहेको उनको भनाई छ । उक्त कुरालाई उनले आफ्नो घर समुदायलाई बताए र सल्लाह पनि लिऐ तर उनको बिश्वास कसैले गरेनन् ।
लामो समयदेखि भगवान सपनामा आई रहने भए पछि उनि आफ्नो भाईलाई साथ लिर्ई खोज तलासको उद्देश्यले वनमा जाँदा उक्त ठाउँबाट पाईला सार्न लाग्ने बेला माथि जान नदिएको र त्यहि उनलाई खुट्टामा समातेको उनले बताए । त्यस बखत बाट उक्त ठाउँमा उत्खनन् गर्दा तेत्तीस कोटि देवता भेटिएको उनले बताउनु भयो । भगवानहरु जमिनको मुनि गाडिएर बसेको अवस्थामा फेला परेको हो । जसलाई खनेर माथि निलिएको र सुरक्षित तरिकाले मिलाएर राखिएको हो । अहिले यस तपोवनमा श्रावणे मेला लाग्ने गरेको छ । श्रावण महिनाको सोमवारको दिनलाई विशेष मानेर पुजा आराधना गर्ने गरिएको छ । श्रावण महिना देवताहरु गुप्तबास बस्ने र राक्षसहरु पातलबाट बाहिर आएको भन्ने मान्यता छ । त्यस बेला सम्पुर्ण भक्तजन देवि देवतालेहरु मिलेर महादेवको पुजा आराधना गर्ने गरेको भन्ने मान्यता रहेको छ । उक्त दिनलाई स्मरण गरेर मानव जातिले श्रावण सोमवारलाई विशेष रुपमा लिईने गरिन्छ । सो अवसर पारी तपोवनमा भक्तजनको भिड लाग्ने गरेको छ ।
त्यसै गरि पुजारी तथा मन्दिर थापक व्यक्ति अधिकारीलाई भगवानले ६ महिना सम्म सपनामा आएर पाठ पढाउने गरे र दिव्य मन्त्रहरु पनि प्रदान गरेको बताउनु भयो । उनले प्रत्येक दिन बिरामी फुक्ने गरेको बताउनु हुन्छ । भगवानको आस्था लिएर आउने भक्तजनहरुको रोग वैध हराउने गरेको पाईएको छ । टाउको दुख्ने देखि मुटुमा प्वाल परेको सम्म पनि सन्चो हुने र पथरी भएको गानो दुख्ने लगाएतको संचो हुने मन्दिरका पुजारी अधिकारीले बताउनु भयो । उक्त मन्दिर निर्माणको लागि टाढा टाढाबाट आउने भक्तजनहरुले दान दछिणा गरेको केही पुजिले मदत भएको उनको भनाई छ । सानान्टारमा रहेको तपोवनमा मानव निर्मित नभई उत्पती भएका देवि देवताहरुलाई जस्ताको जस्तै राखीएको मन्दिरका पुजारी अधिकारीको भनाई छ ।
पुनर्जन्म हुने आस्था रहेको आमाको पाठेघर
तपोवनमा रहेको आस्थाले भरिएको आमाको पाठेघर भनेर मानिएको पुनर्जजन्म गराउने भगवानको सिला पनि त्यहाँ रहेको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरु त्यहाँको मान्यतालाई लिएर विश्वास गर्ने गर्दछन । मन्दिरको दर्शन गर्ने बखत जो कोहि पनि त्यहाँ गएर आफ्नो पुनर्जन्म अर्थात पाप र पुण्यलाई छुटाउने गर्दछन । त्यहाँ अवलोकनमा जानेले पहिले त्यस सिलाको दर्शन गरेर त्यसलाई पुजेर मात्रै आफ्नो परिक्षण लिने गर्दछन् । त्यहाँबाट प्रवेस गरी सकेपछि बाहिर निस्कन सकेमा त्यसलाई पाप नगरेको भन्ने मान्यता रहेको छ र पाप पनि माफि भएको भन्ने मान्यता रहि आएको छ । बाहिर निस्कन नसकेमा त्यहि सिलामा अठ्किएमा त्यसलाई पाप गरेको र पुनर्जन्म नहुने भन्ने मान्यता रहेको छ । सिला गोलो आकारको बिचमा ठुलो प्रवेस गर्ने भाग रहेको छ ।
शिव र पार्वतीको बास स्थानको रुपमा रहेको तपोबनधाम
हेटौंडा १९ सानान्टारमा रहेको तपोवनमा तेत्तीस कोटि भगवान उत्पति भएका छन् भन्ने विश्वास छ । उक्त स्थानमा रहेको भगवानहरुमा पनि शिव र पार्वतीको बढो मान्यता रहेको छ ।
मन्दिर क्षेत्रमा सोमवार र शनिबार भक्तजनको भिड हुने गरेको पाईन्छ । त्यसमा पनि श्रावण महिनामा महामेला लाग्ने गरेको छ । मान्यता अनुसार राक्षसले स्वर्गका राजा ईन्द्र लगायत समस्त देव गणहरुलाई पराजित गरि भगवानहरुलाई गुफा पस्न बाध्य बनाएको र त्यस बखत भगवान शिव सतिदेविको बिलापमा गुफामा तप गरेर बसि रहेका थिए । उहाँको अनुउपस्थितिमा भगवानहरु माथि राक्षसि वर्गले राज गरेको थियो । देव गणहरु शिव भगवान लाई जगाउने हेतुले शिवको एक महिना पुजा अराधना गरेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । शिवको अराधना प्रश्चात देव गणहरुले राक्षसि वर्गहरुबाट मुक्ति पाएको र उक्त दिनदेखि श्रावण एक महिना माछा मासु नखाई शुद्व भएर शिवको पुजा गर्ने चलन छ । विगत देखि चल्दै आएको परम्परालाई कायम राख्नको लागि श्रावण महिनामा हरेक बर्ष तपोवनमा पनि महामेला लाग्ने गरेको छ । शिवशक्तिको मान्यता धेरै भएको हुनाले त्यस स्थानमा शिव र पार्वतीलाई पुज्ने गरिन्छ ।
कुण्डमा विराजमान भगवान बिष्णु रुपको सिला
बिष्णु भगवानलाई विभिन्न रुपबाट पुज्ने गरिन्छ । उहाँ धेरै दिव्य अवतारहरु रहेका छन् । उहालाई कछुवा , माछा , र शंखको रुपमा पनि हेर्ने गरिन्छ । तप्पो वनमा उत्पतित्व सिलाको रुप धारणा गरि रहनु भएका बिष्णु भगवान बुढानिलकण्ठ भगवानको श्वरुपमा देखा पर्नु भएको छ । आस्थाको प्रतिक रहेको उक्त सिला कुण्डको बिचमा विराजमान रहेको देख्न पाईन्छ । उक्त सिला काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको नारायण स्थानमा बढि नै चर्चित रहेको पाईन्छ । त्यस ठाउँ विभिन्न ठाउँबाट मानिसहरु अवलोकन तथा पूजा आराधनाको लागि आउने गरेका छन् । त्यस्तै मकवानपुर जिल्लामा पनि उक्त भगवानको सिला पाईएको हो । कुण्डको बिचमा विराजमान बिष्णुबाट भक्त जनहरुले त्यहा रहेको जल छर्किने र घर तथा अन्य स्थानमा शुद्व बनाउनको लागि लाने गरेका छन । बुढानिलकण्ठ भगवान विराजमान भएको स्थानमा बढि पानी पर्ने त्यस ठाउँ मलिन हुने गरेको भन्ने मान्यताहरु रहेको छ ।
मन्दिरमा सोमबार तथा शनिबार भक्तजनहरु दशर्नको लागि आउने गरेका छन । साथै श्रावण महिनामा भने त्यहाँ ठुलो मेला लाग्ने गरेको छ । मन्दिर संरक्षणको लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ । धार्मिक आश्थाको धरोहरको रुपमा विकास भएको तपोबन धामलाई संरक्षण गरी प्रचार प्रसारमा सरोकार वालाले ध्यान दिन सके तपोबन धाम धार्मिक पर्यटन हब बन्ने देखिन्छ ।