स्वास्थ्य / जीवनशैली
सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको...
हेटौंडामा आयुर्वेद चिकित्सालयको नयाँ भवनको उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनको उद्घाटन भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार औपचारिक रूपमा भवन उद्घाटन गर्दै आयुर्वेदलाई ‘सपोर्टिभ हेल्थ सिस्टम’ का रूपमा मात्र नभई, भविष्यको दीगो उपचार माध्यमको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताएका छन्...
नेपाल चिकित्सक संघ मकवानपुरद्वारा स्वास्थ्य सेवा बहिस्कार जारी
हेटौंडा । चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा देखिएको बेवास्ता र चिकित्सकमाथिको दुर्व्यवहारको विरुद्ध जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। संघको केन्द्रीय समितिको निर्देशनअनुसार सोमबारको एकदिने सेवा बहिस्कारपछि मंगलबार पनि मकवानपुर जिल्लाभरका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक तथा सघन उपचारबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।...
प्रदेश प्रमुखद्वारा योग दिवसको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै स्वस्थ जीवनका लागि योगलाई जीवनशैलीमा आत्मसात गर्न आग्रह गर्नुभएको छ। योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिलोस्...
बागमती प्रदेशको औषधि तथा उपकरण प्रक्षेपण, रोग नलाग्ने उपायमा जोड
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरेको छ। पहिलोपटक आयोजित यस विशेष कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका बिषयमा छलफल भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह...
भारतका १६ राज्यमा पुनः सक्रिय कोरोना संक्रमण
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः देखा पर्न थालेको छ। देशका १६ राज्यमा एक हजारभन्दा बढी सक्रिय संक्रमितको पुष्टि भएसँगै सतर्कता अपनाउन थालिएको छ। तर, अधिकारीहरूका अनुसार अहिले देखिएको संक्रमण पहिलाको तुलनामा धेरै हल्का प्रकृतिको रहेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको विवरणअनुसार हाल देशभर १,००९...
बिरालोमा बर्ड फ्लूको संक्रमण, मानिसमा सर्ने जोखिम
काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ । यस...
हेटौंडा अस्पतालमा अनियमित खर्च , १५ दिनभित्र स्पष्टिकरणसहित कागजात पेश गर्न अख्तियारको निर्देशन
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले हेटौंडा अस्पतालमा पुस महिनामा रु. ८ लाख मनोमानी ढंगले खर्च भएको उजुरीको आधारमा अस्पतालसँग स्पष्टिकरण माग गरेको छ। आयोगले अस्पताललाई १५ दिनभित्र सम्बन्धित कागजातसहित राय–प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ। पुस महिनामा मात्र होटल स्मारकलाई ८ लाख रुपैयाँको भुक्तानी गरिएको र...
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ । सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह...
हेटौंडा अस्पतालमा बोर्ड तोडफोडप्रति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आपत्ति, दोषीमाथि कारबाहीको माग
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा...










