सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

संवाददाता
२०८२ भाद्र १८, बुधबार १७:०४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याउनु भयो ।

मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उहाँको भनाई छ । उहाँले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो । बुढालिनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उहाँले बताउनु भयो ।

अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उहाँको भनाई छ । उहाँले अटिजम स्कुल स१चालनको लागि काठमाडांै महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*