विश्व
चीनको मल निर्यात नियन्त्रण: विश्व बजारमा दबाब
काठमाडौं । चीनले कृषि मल निर्यातमा लगाएको नयाँ प्रतिबन्धले विश्व बजारमा मात्र होइन, आयातमा निर्भर देशहरूका लागि पनि चिन्ता थपेको छ। विशेषगरी नेपालजस्ता कृषि प्रधान मुलुकमा यसको प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। चीनले आफ्नो आन्तरिक माग र मूल्य नियन्त्रणलाई प्राथमिकता दिँदै नाइट्रोजन, पोटासियम र केही फस्फेट मलको...
हमासद्वारा गाजामा इजरायली वन्धकहरूको दोस्रो समूह हस्तान्तरण
काठमाडौं । हमासले सोमवार गाजामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई १३ थप वन्धकहरूलाई हस्तान्तरण गरेको बताएको छ । जुन समूहद्वारा राखिएका अन्तिम जीवित वन्धकहरूको रिहाइको रूपमा चिनिन्छ । इजिप्ट र कतारको मध्यस्थतामा भएको ठूलो मात्रामा कैदी आदानप्रदानको एक भागको रूपमा सात इजरायली वन्धकहरूको पहिलो समूहलाई दिनको शुरुमा रिहा गरिएको...
सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतराः एस. जयशंकर
काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ । कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न नहुने बताउनु भयो। अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त...
नागरिकको प्रजातान्त्रिक अधिकारको अभ्यास सुनिश्चित गर्न राष्ट्रसंघको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् । आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन्...
थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न बर्खास्त
काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्नलाई पदबाट हटाएको छ । कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको हो । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन् । अदालतले...
भारत नियन्त्रित जम्मू कश्मीरमा बादल फुट्दा ७ जनाको मृत्यु
काठमाडौं । भारत नियन्त्रित जम्मू कश्मीरको कठुआ जिल्लाको जोध घाटी क्षेत्रमा बादल फुट्दा पाँच बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । आईतवार बिहान ३ः३० देखि ४ः०० बजेको बीचमा बादल फुट्दा बाढी र पहिरो गएको थियो । प्रभावित क्षेत्रबाट पीडितहरूलाई बाहिर निकाल्न उद्धार...
टर्कीमा पानीको संकट
काठमाडौं । खडेरी र कम वर्षाका कारण टर्कीको पश्चिमी प्रान्त इज्मिरमा पानी आपूर्ति गर्ने मुख्य बाँधहरू सुक्दै जान थालेका छन् । जसले शहरको पानी आपूर्तिलाई प्रभावित बनाएको छ । इज्मिर पानी तथा ढल निकास प्रशासनले अवस्थाको गम्भीरता पुष्टि गर्दै रिपोर्ट गरेको छ कि छ वटा बाँधहरू मध्ये पाँचवटा सुक्दै...
ट्रम्पद्वारा श्रम तथ्याङ्क प्रमुख बर्खास्त
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गर्नुभएको छ । उहाँले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाउनु भयो । ब्युरोका प्रमुखले प्रश्तुत गर्नुभएको तथ्यांक गलत भएको उहाँको भनाइ छ । ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको...
बंगलादेशमा फेरि हिंसा भड्कियो : ४ जनाको ज्यान गयो , ९ जना घाइते
काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए। अवामी लीगका...
इरानी सरकारी टेलिभिजनद्वारा इजरायलसँग युद्धविरामको घोषणा
काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ...










