भारत नियन्त्रित जम्मू कश्मीरमा बादल फुट्दा ७ जनाको मृत्यु

संवाददाता
२०८२ भाद्र २, सोमबार ०९:५७

काठमाडौं । भारत नियन्त्रित जम्मू कश्मीरको कठुआ जिल्लाको जोध घाटी क्षेत्रमा बादल फुट्दा पाँच बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

आईतवार बिहान ३ः३० देखि ४ः०० बजेको बीचमा बादल फुट्दा बाढी र पहिरो गएको थियो । प्रभावित क्षेत्रबाट पीडितहरूलाई बाहिर निकाल्न उद्धार कार्य गरिएको थियो । गत हप्ताको शुरुमा भारत नियन्त्रित जम्मू कश्मीरको किश्तवार जिल्लाको एउटा गाउँमा बादल फुट्दा कम्तिमा ६० जनाको मृत्यु भएको थियो ।

लगभग एक सय जना बेपत्ता भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*