धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !
हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् ।
अहिलेकाे समयमा पुस्तौ देखि चलि आएकाे व्यवसायलाई अगाडि बढाउने कमै पाईन्छन । मानिसहरु अन्य सीप तर्फ अग्रसर हुँदा आफ्नाे माैलिकतालाई चटक्कै बिर्सिएका छन्। युवा पुस्तामा माैलिकता जगेर्ना गर्नु पर्छ भन्ने सोचको बिकास नहुँदा पुरातात्त्विक कला र सिपहरु लाेप हुने अवस्थामा छन् । अहिले यस्ता कुराहरु बिरलै मात्र देख्न र सुन्न पाईन्छ कि,कमै व्यक्तिले मात्रै आफ्नाे पुस्तौंनि पेसा अङ्गालेर माैलिकतालाई जोगाई रहेका छन् ।
एक बृद्वा बर्षाै देखि पुस्ताहरुले अपनाएका व्यवसाय गर्दै आईरहेका छन् । उनिहुन धनलाल सुनार उनी अहिले ८२ बर्षका भय उनी बृद्ध अबश्था हुँदा समेत आरन चलाईराखेका छन् । उनि मकवानपुर जिल्लाकाे हेटौंडा-०३ खाडिदमारका स्थायी बासिन्दा हुन् । परापुर्वक कालदेखि आफ्ना पुस्ताले गर्दै आएकाे आरनकाे व्यवसायीक सिपमा उनी मग्न छन् । उनी भन्छन् , आफ्नाे भागमा परेकाे जुन सुकै कुरा पनि प्याराे हुन्छ । जात अनुसार मेराे भागमा यहि सीप पर्न आयाे ।
उनी ८२ बर्षको उमेरमा पनि गाउँ घुम्छन् । गाउँलेहरुले उनलाई कहिले आस्सि , काेदालि बनाउन भन्छन् । बृद्धअबश्था लागे संगै सुनारले आँखा अलि कमै देख्छन् । “पहिले त थुप्रै आस्सिहरु बनाए अहिले म गले ” उनि बताउछन् । ” घरमा बुबाले आरनकाे काम गर्नुहुन्थ्यो । मैले पनि सिके । यतिका बर्षसम्म आरन चलाई रहेकाे छु । अहिले मेराे शरीर डाँडा माथिकाे घाँम झै भाकाे छ । अब याे पुरातात्त्विक सीप म सँगै बिलिन हुन्छ । अबकाे पुस्ताले गर्दैनन् र बुझ्दैनन् । मेराे घरमा पनि मेराे छाेरा नाति अन्य पेसामा आवद्व छन् तर आफ्नाे पुस्ताकाे सीप गर्दैनन् “। उनी चिन्ता व्यक्त गर्छन् ।
उनले हालपनि आरनमा सके जति काम गर्ने गर्छन् । “गाउँमा मेराे एउटामात्र आरन छ । गाउँभरिकाे जे सामान बनाउन परे पनि मै भाकाे ठाउँमा आउने गर्छन् । यी सामानहरु बनाउनकाे लागि पनि काेहिलाकाे आवश्कता पर्छ । बिहानै आरन चलाउनकाे लागि गाेल पाेल्न जाने गरेकाे उनी सुनाउँछन् “। गाेल तयार भए पछि उनी घर फर्कन्छन् र फेरि आरनमा उहीँ काम तर्फ लाग्छन् । आरनमा काम गर्दा कति खेर दिन बित्याे थाहा नै नहुने उनी बताउँछन् । उनी आफ्नो काममा लगनशिल थिए र हालपनि ज्यानले सकेजती गरिरहेका छन् ।
उमेर छँदा सामानहरु तयार भए पछि उनी घर-घरमै पुर्याई दिन्थे । अनि त्यस बापत उनले आफ्नाे पारिश्रमिक पाउँथे । घर खर्च चल्थ्याे । उनी त्यसमै आनन्दित भएकाे क्षणलाई स्मरण गर्छन् । आरन मेराे पहिचान हाे उनी बताउँछन् । उनी दुखि हुन्छन , अब आरनकाे अस्तित्व मेटिने भयाे । मानिस अन्य पेसामा अग्रसर भए तर आफ्नाे माैलिकतालाई चिनेनन् । पुस्ताले गरेकाे सिपलाई चिन्न सके यसमा नै सफलता छ । यसबाट नाम दाम दुवै कमाउन सक्ने उनी बताउँछन् ।
उनी भन्छन् ” आफ्नाे पहिचानलाई जाेगाउनु पर्छ । समाज सामु चिनाउनु पर्छ । राज्यले पनि हरेक समुदायको सिपकाे सम्मान गर्ने हाे भने राेजगारीकाे कमि नहुने थियाे । पुरातात्त्विक कला सस्कृती र माैलिकता जोगाउन तर्फ राज्यकाे ध्यान जान आवश्क छ “। “पुस्तौंदेखि चलेको पेसालाई लाज हैन गर्बको रूपमा लिउँ । जुनसुकै जात जुनसुकै पेशा गर्दै आएको भए पनि आफ्नो पुर्खाले गरेको पेशा व्यवसायलाई नछोडौँ त्यसलाई अझ परिस्कृत र परिमार्जित गर्दै लगौँ जसले गर्दा आफू परिवार समाज र देश नै समुन्नत र समृद्धि तर्फ जान सहज पर्छ ” उनी थप्छन् ।
नेपालमा विभिन्न जातिहरु छन् अनि सबैकाे आ-आफ्नै पहिचान छ । यहाँ कुनै समय जातिय भेदभाव हुने गर्थ्यो भने अहिले एक्काईसौँ सताब्दी सम्म आई पुग्दा जातीय छुवाछूत र भेदभाव कम भएकाे पाईन्छ । अहिलेका मानिस शिक्षित भएकाे कारण यस्ता छुवाछूतका कुरामा कमै विश्वास गर्छन् । सरकारले पनि धेरै नितिहरु दलित समुदायकाे हकमा ल्याएका छन् ।
नेपालमा २०७८ जातजातिको तथ्याङ्क अनुसार १७ वटा जातिको सङ्ख्या बढेर १४२ पुगेको छ। २०६८ मा १२५ जातजाति रहेका थिए। २०७८ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै क्षेत्री र दोस्रोमा ब्राह्मणको जनसङ्ख्या रहेको तथ्याङ्क छ। भने आरन सञ्चालन गर्दै आएका विश्वकर्मा ५ दशमलव 0४ प्रतिशत अर्थात् १४ लाख ७ हजार दश जना रहेका छन्। जुन नेपालको जातीय सङ्ख्याको आधारमा छैठौं स्थानमा छ ।
धनलाल सुनारजस्ता कर्मयोगीरूले हामीलाई महसुस गराएका छन् कि,पुरातात्त्विक कला र सिपलाई जोगाउनका लागि हाम्रो जिम्मेवारी कतिको महत्त्वपूर्ण छ। समाज र राज्यले जति नै ध्यान दिए पनि, व्यक्तिगत चासो र प्रयासले मात्र यो कला र सिपलाई जोगाउन सकिन्छ । यसर्थ धनलाल सुनारकै शब्दमा, “जुनसुकै जात जुनसुकै पेशा गर्दै आएको भए पनि आफ्नो पुर्खाले गरेको पेशा व्यवसायलाई नछोडौँ।”