ट्राफिक प्रहरी घाइते बनाउने चालक र कार प्रहरीकाे नियन्त्रणमा

संवाददाता
२०८२ पुष १९, शनिबार २०:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्‍याङमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार भएका चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त कार चालकलाई चितवन जिल्लाको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।

नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा ६ च ८४०९ नम्बरको कारका चालकलाई ब्रेथलाईजर मेसिनमार्फत मदिरा सेवन जाँच गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी फरार भएका थिए । भाग्ने क्रममा चालकले ट्राफिक प्रहरीलाई करिब १० मिटर घिसार्दा ट्राफिक प्रहरी घाइते भएका थिए। घटनापछि फरार चालक र कारको खोजतलास सुरु गरिएको थियो।

कारभित्रबाट घटनामा प्रयोग भएको ब्रेथलाईजर मेसिनसमेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*