बागमती प्रदेशको बजेट आज सार्वजनिक हुँदै

संवाददाता
२०८३ असार १, सोमबार ०९:४५

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बताएका छन् ।

प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउन लागेको बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। सडक, पुल, खानेपानी, स्वास्थ्य संस्था तथा अन्य विकास निर्माणका योजनालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताइएको छ।

यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार प्रवर्द्धन तथा स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने विकास कार्यक्रमका लागि पनि आवश्यक बजेट विनियोजन गरिने अपेक्षा गरिएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने आधारका रूपमा रहने बजेटबाट आर्थिक गतिविधि बढाउने, उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

बजेट प्रस्तुतिपछि प्रदेशसभामा त्यसमाथि छलफल हुने तथा विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

बागमती प्रदेश सरकारको यो बजेटले आगामी वर्षका विकास प्राथमिकता, आर्थिक नीति तथा प्रदेशको समग्र विकासको दिशालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*