स्थानीय

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले विद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुल का सामाजिक शिक्षा शिक्षक अच्युत ओझा ले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेको आरोप लागेको छ। पीडित विद्यार्थीका...

बागमती पुलबाट टेलर खोलामा खस्दा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुलबाट टेलर गाडी खस्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामको पाइप बोकेको टेलर गाडीमा बाँधिएको पाइपको टुचिन चुडिएपछि गाडी अनियन्त्रित...

आगामी बजेटका लागि मन्त्री देवकोटाका ३ मुख्य सर्तः ’नयाँ योजनाको साटो मर्मतसम्भार, दुर्गमलाई प्राथमिकता र हरित उद्यम’

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारी तीव्र पारेको छ । मन्त्रालयद्वारा हेटौंडामा आयोजित गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका १९ वटा कार्यालयका प्रमुख तथा प्राविधिकहरूलाई परम्परागत शैली त्यागेर आवश्यकता...

मकवानपुरमा पूर्वाधार योजना निर्माणले लियो गति, भौतिक पूर्वाधारमन्त्रीद्वारा अनुगमन

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि रुग्ण (अलपत्र) अवस्थामा रहेका ४३ वटा योजनामध्ये ३४ वटाको निर्माण कार्य पुनः सञ्चालनमा आएको छ । मन्त्रालयको ’रुग्ण आयोजना पहिले सक्ने’ नीतिअनुरूप पूर्वाधार विकास कार्यालय मकवानपुरअन्तर्गत पर्ने मकवानपुरगढीको सामरी, सिक्रे दोभान, लालझाडी पुल, राप्ती करिडोरलगायतका कामले तीव्रता पाएका हुन्...

भिरबाट लड्दा महिलाको मृत्यु

हेटौंडा । हेटौंडा १४ मा भिरबाट लड्दा एक महिलाको मृत्यु भएको छ। नयाँबस्तिटोल बस्ने अन्दाजी ३५ वर्षीया सन्तोषी वाइबा  माइतीघर भिमफेदी गाउँपालिका–६ सिमलटार गएकी थिइन्। शनिबार बिहान करिब ९:०० बजेको समयमा उनी माइतीघरबाट करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिक सिमलटार क्षेत्रमा घाँस काट्न जान्छु भनी गएकी थिइन्। लामो...

मकवानपुरमा ट्रक दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोक पथ सडकखण्डमा बुधबार बिहान करिब २:५० बजे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्राप्त जानकारी अनुसार हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड...

मनहरीमा लागु औषध गाँजा सहित गाडी नियन्त्रणमा, एक जना पक्राउ

हेटौंडा । मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडकखण्डमा शंकास्पद रूपमा आइरहेको सवारी साधनलाई रोकी चेकजाँच गरेको थियो। जाँचका क्रममा राक्सिराङ गाउँपालिका–१ भावरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३...

मकवानपुरकाे इन्द्रसरोवर ३ मा ९ वर्षीया बालिकाको भीरबाट लडेर मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित जातीपोखरीमा ९ वर्षीया लमिना वाइवा मृत अवस्थामा फेला परेकी छन्। लमिना घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगल गएकी थिइन्। साँझसम्म पनि घर फर्केर नआएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा लमिना बिहान ७:०० बजे चुत्रोघारीडाँडाको...

हेटौंडामा बिजुलीको पोलबाट लड्दा युवकको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कर्राचोकस्थित समितपथमा बिजुलीको पोलबाट लड्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल घर भई हाल हेटौंडा–१ चौकीटोलमा डेरा गरी बस्दै आएका १८ वर्षीय भुवन चेपाङ रहेका छन्। भुवन नेटफिलिक्स इन्टरनेट सेवाको तार जडान गर्ने क्रममा सोमबार बिजुलीको पोलमा चढेका थिए। सोही क्रममा...

मदन भण्डारी प्रतिष्ठानको शैक्षिक प्रिफ्याक भवन निर्माण सुरु

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान का शैक्षिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले हेटौंडा–१० टिसियन क्षेत्रमा प्रिफ्याक भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। करिब ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागत मा निर्माण हुने भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण...