भिरबाट लड्दा महिलाको मृत्यु

संवाददाता
२०८२ चैत्र २८, शनिबार २१:२६

हेटौंडा । हेटौंडा १४ मा भिरबाट लड्दा एक महिलाको मृत्यु भएको छ।

नयाँबस्तिटोल बस्ने अन्दाजी ३५ वर्षीया सन्तोषी वाइबा  माइतीघर भिमफेदी गाउँपालिका–६ सिमलटार गएकी थिइन्। शनिबार बिहान करिब ९:०० बजेको समयमा उनी माइतीघरबाट करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिक सिमलटार क्षेत्रमा घाँस काट्न जान्छु भनी गएकी थिइन्।

लामो समयसम्म घर नफर्किएपछि परिवारजनले खोजी गर्ने क्रममा सोही स्थानको भिरबाट करिब ५०–६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो।

उपचारका क्रममा दिउँसो करिब १२:४० बजे अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*