स्थानीय

हेटौंडा उपमहानगरपालिकाका प्रचारित निर्णय माइनोटमै नचढाइएकाे खुलासा

हेटौंडा । सडक विस्तारको क्रममा घर भत्किएका घरधनी तथा प्रभावित व्यवसायीको पक्षमा गरिएको भनिएका निर्णय हेटौंडा उपमहानगरपालिकाको आधिकारिक माइनोटमा नै समावेश नगरिएको खुलेको छ। कार्यपालिका बैठक बसेर सार्वजनिक रूपमा करिब एक दर्जन निर्णय गरेको भन्दै उपमहानगरपालिकाले व्यापक प्रचार गरे पनि ती निर्णय औपचारिक रूपमा दर्ता नहुँदा कार्यान्वयन नै अनिश्चित...

हेटौंडामा सडक विस्तार स्थगित स् सर्वोच्चको उत्प्रेषण आदेशपछि कार्य रोकियो

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर २० गतेदेखि अगाडि बढाइरहेको सडक विस्तार तथा संरचना हटाउने अभियान हाललाई स्थगित भएको जनाएको छ। मंसिर १९ गते सर्वोच्च अदालतबाट जारी भएको उत्प्रेषण आदेश मंसिर २१ गते आधिकारिक रूपमा प्राप्त भएपछि डिभिजनले सबै प्रकारका काम रोकिएको जानकारी गराएको हो। डिभिजन प्रमुख गुरु...

हेटौंडामा २५ मिटर सडक विस्तार : मंसिर २० देखि डोजर चल्दै, घरधनि र व्यवसायीको मुआब्जा र स्थानान्तरणको माग

मकवानपुर । हेटौंडामा २५ मिटर सडक विस्तारको चर्चा फेरि चुलिएको छ। लामो समयदेखि रोकिँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ। यसका लागि सडक डिभिजन हेटौंडाले माइकिंगसहित रेखांकन (मार्किङ०) कार्य सुरु गरिसकेको जनाएको छ। यसअघि सडक डिभिजन कार्यालयले मंसिर ५ गतेदेखि १५...

भीमफेदीमा भीरमा अड्केकी किशोरीको सफल उद्धार

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुलमा भीरबाट खसि अन्दाजी ५० मिटर तल अड्केकी एक किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। हिरा स्याङ्तानकी १४ वर्षीया छोरी रजना स्याङ्तान छबेली बजार जाने क्रममा अचानक खहरे खोलाको भीरबाट खसी खोल्सामा अड्किएकी थिइन्। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले उनलाई...

मकवानपुरगढीमा क्यान्सरका बिरामी खोज्न १२ जना विशेषज्ञ चिकित्सक आए, चार जनामा संक्रमण पुष्टि

हेटौंडा  । क्यान्सरका बिरामी खोज्न मकवानपुर आएका  १२ जना चिकित्सकको टोलीले मकवानपुरगढिका चार जनामा क्यान्सरकाे संक्रमण रहेको  पुष्टि गरेकाे छ  । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भरलाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले मकवानपुरगढी गाउँपालिका–४, स्थित सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा क्यान्सर रोगसँग सम्बन्धित स्वास्थ्य जाँच गरेको...

हेटौंडामा ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ट्रामाडोल ८३०० पिस क्याप्सुल पेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।। पक्राउ पर्नेहरूमा हेटौंडा–१५ बसोबास गदैं आएका मकवानपुरको स्थायी...

हेटौंडामा बिरामीका आफन्तद्वारा चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक चिकित्सकमाथि हातपात

हेटौंडा। हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ उपचारका क्रममा विवाद भएपछि हेटौंडा–११ निवासी अजित विडारीले डा। शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए। बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमै स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच...

ढुङ्गा झरि कान्तिलोकपथ सडक खण्ड पूर्ण अवरुद्ध

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ६ः५५ बजे माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला...

मनहरीमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

मकवानपुर । मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मनहरीका अनुसार आज कार्तिक १० गते बिहान चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको NL01N0280 नं.को...

हेटौँडा ३ लेवटमा रहेको श्री हंसलोक आश्रमद्धारा हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित श्री हंसलोक आश्रम नेपालले हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले हंसलोक आश्रम नेपालबाट प्राप्त आधुनिक एम्बुलेन्सप्रति आभार प्रकट गर्दै उनले उक्त सहयोगलाई नगरवासीका लागि जीवनरक्षक भएको बताएकी छन् । । उनले यो केवल गाडी...