स्थानीय
भिरबाट लड्दा महिलाको मृत्यु
हेटौंडा । हेटौंडा १४ मा भिरबाट लड्दा एक महिलाको मृत्यु भएको छ। नयाँबस्तिटोल बस्ने अन्दाजी ३५ वर्षीया सन्तोषी वाइबा माइतीघर भिमफेदी गाउँपालिका–६ सिमलटार गएकी थिइन्। शनिबार बिहान करिब ९:०० बजेको समयमा उनी माइतीघरबाट करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिक सिमलटार क्षेत्रमा घाँस काट्न जान्छु भनी गएकी थिइन्। लामो...
मकवानपुरमा ट्रक दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोक पथ सडकखण्डमा बुधबार बिहान करिब २:५० बजे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्राप्त जानकारी अनुसार हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड...
मनहरीमा लागु औषध गाँजा सहित गाडी नियन्त्रणमा, एक जना पक्राउ
हेटौंडा । मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडकखण्डमा शंकास्पद रूपमा आइरहेको सवारी साधनलाई रोकी चेकजाँच गरेको थियो। जाँचका क्रममा राक्सिराङ गाउँपालिका–१ भावरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३...
मकवानपुरकाे इन्द्रसरोवर ३ मा ९ वर्षीया बालिकाको भीरबाट लडेर मृत्यु
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित जातीपोखरीमा ९ वर्षीया लमिना वाइवा मृत अवस्थामा फेला परेकी छन्। लमिना घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगल गएकी थिइन्। साँझसम्म पनि घर फर्केर नआएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा लमिना बिहान ७:०० बजे चुत्रोघारीडाँडाको...
हेटौंडामा बिजुलीको पोलबाट लड्दा युवकको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कर्राचोकस्थित समितपथमा बिजुलीको पोलबाट लड्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल घर भई हाल हेटौंडा–१ चौकीटोलमा डेरा गरी बस्दै आएका १८ वर्षीय भुवन चेपाङ रहेका छन्। भुवन नेटफिलिक्स इन्टरनेट सेवाको तार जडान गर्ने क्रममा सोमबार बिजुलीको पोलमा चढेका थिए। सोही क्रममा...
मदन भण्डारी प्रतिष्ठानको शैक्षिक प्रिफ्याक भवन निर्माण सुरु
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान का शैक्षिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले हेटौंडा–१० टिसियन क्षेत्रमा प्रिफ्याक भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। करिब ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागत मा निर्माण हुने भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण...
हेटौंडामा टिपरको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ,भने अर्का एक जना घाइते भएका छन्। प्रहरीकाे अनुसार मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर थियोे । ठक्करपछि टिपर हेटौंडा...
जेन्जी आन्दोलनका क्रममा फरार तीन कैदिबन्दी पक्राउ
हेटौंडा । जेन्जी आन्दोलनको क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौंडाबाट फरार भएका तीन जना कैदिबन्दी पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार रहेका ज्यान जोगाउने कसुर मुद्दाका प्रतिवादी बागमती गाउँपालिका–६ कैलेडाँडा निवासी अन्दाजी ३० वर्षीय मुन्ना स्याङ्तान तथा लागूऔषध ट्रामाडोल...
हेटौँडाका सञ्जीव अर्याल राष्ट्रिय लिगमा चित्लाङ एफसीबाट खेल्दै
हेटौँडा । हेटौँडा–५ का सञ्जीव अर्याल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लबबाट खेल्ने भएका छन्। शुक्रबार चित्लाङ एफसीसँग सम्झौता भएपछि अर्यालले क्लबको प्रतिनिधित्व गर्ने पक्का भएको हो। विसं २०७४ सालदेखि व्यावसायिक फुटबलमा सक्रिय अर्यालले यु–१४, यु–१५ र यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। पिप्ले युवा क्लबबाट फुटबल सुरु गरेका...
नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग
मकवानपुर । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालय (हेटौँडा गुरुकुल) मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरिएको हो। नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य...






