हेटौंडामा बिजुलीको पोलबाट लड्दा युवकको मृत्यु

संवाददाता
२०८२ चैत्र ९, सोमबार २०:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कर्राचोकस्थित समितपथमा बिजुलीको पोलबाट लड्दा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल घर भई हाल हेटौंडा–१ चौकीटोलमा डेरा गरी बस्दै आएका १८ वर्षीय भुवन चेपाङ रहेका छन्।

भुवन नेटफिलिक्स इन्टरनेट सेवाको तार जडान गर्ने क्रममा सोमबार बिजुलीको पोलमा चढेका थिए। सोही क्रममा अचानक चिप्लिएर पोलबाट खस्दा उनी गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुर लगिएको थियो। तर उपचारकै क्रममा साँझ करिब ५:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*