सडक विस्तारकाे क्रममा भत्कियाे सटर , किन बेवास्ता गर्याे  सरकारले व्यवसायीलाई  

अम्बिका बस्नेत
२०८२ मंसिर २७, शुक्रबार १६:४५

हेटौंडा । कमाउने थलाे सरकारले भत्काईदिए पछि राेजीराेटी टुट्याे भन्दै विलैना गर्दैछिन् एक व्यवसायी  । सन्दर्भ हेटौंडा २५-२५ मिटर सडक विस्तार । एसियन हाइवे अन्तर्गत पर्ने हेटौंडाकाे पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजमार्गमा २० मंसिरमा सरकाले डाेजर चलायाे । बर्षाैदेखि संगालेर राखेकाे थितिथलाेमा डाेजर चल्दा घरधनीसँगै व्यवसायी पनि मारमा परेका छन् ।

सरकारले सडक विस्तारकाे सुचना निकालेपछि व्यवसायीहरुले सेल सुरु गरे । मंसिर १९ रातिकाे अबेरसम्म  सामान निकाले । कतिपयले निकाल्न भ्याएनन् । मंसिर २० सरकारले ४ बजे झिसमिसेमा सामानै सहित घरटहरा भत्काउन सुरु गर्याे ।

त्यस दिन शनिबार थियाे । सर्वोच्चबाट कुनै सुचना अाउने सम्भावना नै थिएन । यहि मैका छाेपेर सरकारले घरटहरा भत्कायाे । सडक विस्तारकाे लागि  नापिएकाे पुर्व पश्चिम र त्रिभुवन राजमार्गमा ५३१ संरचना मध्ये ५०० संरचना भत्किए । यस बिच थुप्रै व्यवसायीले घाटा व्यहोर्नुपरेकाे छ । सरकारकाे याे कदमले फस्टाएको व्यवसाय अलपत्र पर्यो। व्यवसायीहरु गालामा हात लगाएर बस्नु बाहेक कुनै उपाए रहेन । घरधनीसँगै आन्दोलनमा सहभागी भई नाराजुलुस लगाएका व्यवसायीहरुले पनि आफ्ना मागहरु राखेका थिए । व्यवसायीलाई स्थानान्तरणकाे । तर सरकारले उनीहरुलाई बेवास्ता गर्याे ।

हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई थानाभर्याङमा रहेकाे तरकारी थाेक बजारकाे ६० वटा सटर ,बर्षाैदेखि निमार्णमा रहेका हेटौंडा बस पार्ककाे ४० वटा सटर र भुटनदेवी स्कुलकाे सटरमा स्थानान्तरण गर्ने सुचना निकाले पनि त्यसाे हुन सकेन । व्यवसायीहरु अहिले भत्किएकाे पसलबाटै सेलमा सामान बेचिरहेका छन्  । तर भत्काइएको संरचनामा व्यापार गर्दा ग्राहक व्यापारीकाे ज्यान जाेखिममा हुने हुदा हेटौंडा उपमहानगरपालिकाले माइकिङ गर्दै त्यस्तो ठाउँमा व्यापार व्यवसाय नगर्दिन अनुरोध गरेको छ। गरेमा कानुनी कारबाही पनि गर्ने जनाएको छ ,तर पनि व्यवसायीहरु भत्किएकै संरचनाबाट व्यापार गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*