हेटौंडामा ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ

संवाददाता
२०८२ कार्तिक २८, बिहीबार १८:४०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ट्रामाडोल ८३०० पिस क्याप्सुल पेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।।

पक्राउ पर्नेहरूमा हेटौंडा–१५ बसोबास गदैं आएका मकवानपुरको स्थायी घर बकैया गाउँपालिका–१२ का १८ वर्षीय अशोक स्याङतान , हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोईराला, हेटौंडा–२ का ३५ वर्षीय राजिब लामा (बक्सर) र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल प्रकाउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई सानोपोखरामा खाली जग्गामा बसिरहेको अवस्थामा फेला पारेका थिए। खानतलासी गर्दा उनीहरूले बिक्री वितरणको उद्देश्यले लुकाइ राखेको प्रतिबन्धित लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुल फेला परेको हो।

त्यससँगै प्रहरीले ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*