भत्किएको घर सफा गर्ने क्रममा कामदार माझी घाइते
हेटौंडा सडक विस्तारको क्रममा भत्किएको घर सफा गर्ने क्रममा अचानक दुई तला माथिको ढलान तल झरी लाग्दा कामदार माझी घाइते
हेटौंडा । हेटौंडा सडक विस्तारको क्रममा भत्किएको घर सफा गर्ने क्रममा अचानक दुई तला माथिको ढलान तल झरी लाग्दा एक कामदार घाइते भएको छ । हेटौडा १ उद्योग वाणिज्य संघ अगाडि रहेको सुदिप थापाको भत्किएको घर सफा गर्ने क्रममा कामदार जितेन्द्र माझी घाइते भएको प्रहरीले जनाएको छ ।
बर्ष १९ मा माझी रौतहट माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल हेटौडा १० बुद्धचोकमा डेरा गरी बस्दै आएका छन् ।
घाइते माझीलाई उपचारको लागि हेटौडा अस्पतालमा लगिएको छ । उनको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










