भीमफेदीमा भीरमा अड्केकी किशोरीको सफल उद्धार

संवाददाता
२०८२ मंसिर १०, मंगलवार ११:५७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुलमा भीरबाट खसि अन्दाजी ५० मिटर तल अड्केकी एक किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

हिरा स्याङ्तानकी १४ वर्षीया छोरी रजना स्याङ्तान छबेली बजार जाने क्रममा अचानक खहरे खोलाको भीरबाट खसी खोल्सामा अड्किएकी थिइन्।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि थप स्वास्थ्य परीक्षणका लागि हेटौडा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

चिकित्सकका अनुसार उनको बाहिरी चोट नदेखिए पनि ढाडमा भित्री चोट लागेको आशंका गरिएको छ। हाल अवस्था सामान्य रहेको र उपचारमा उनका बुबा संलग्न रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*