स्थानीय
आज कुशे औँशीः पशुपतिमा श्राद्ध गर्नेको भीड
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर...
युवा संघले रक्तदान कार्यक्रम गर्दै
हेटौंडा । नेकपा एमाले मकवानपुर भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु...
बागमतीमा ५ मन्त्रीले गरे सपथ, लामा पक्षका सांसदहरू समेटिएनन्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त...
बागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु हुँदै
हेटौंडा । बागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा यो अभियान भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान अन्तर्गत प्रदेशभरका ११९ वटा स्थानीय तहमा करिब १...
ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान
हेटौंडा । मकवानपुरका किसानहरू पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् पदमपोखरीका कृषक फेन्चु लामाले १ विघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले रेड साइन र सी भेराइटी अमेरिकन...
दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै
हेटौंडा– हेटौंडा काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो । पछिल्लो समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ...
काटँघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो
बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने चारकोसे झाडीको मध्यभागमा अवस्थित काँटघाँट महादेव मन्दिर ९सहजनाथ महादेव० मा साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ...
हेटौंडा आउदै साम्बा
हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । कार्यक्रम भोलि (शनिबार) बिहान ११ बजेबाट सुरु हुने...
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा मंगलवार (आज) काठमाडौंको नक्शाल, सुन्धारा...
मकवानपुर प्रहरीले गर्यो आर्थिक वर्ष २०८१/०८२ मा १९ करोड ८८ लाख बराबरको राजश्व संकलन
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी इकाइहरूले चालु आर्थिक वर्ष २०८१/०८२ मा गरेका कार्यसम्पादन विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिवेदनअनुसार अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण, ट्राफिक व्यवस्थापन, फैसला कार्यान्वयनदेखि अबैध उत्खनन् नियन्त्रणसम्मका विषय समावेश छन् । प्रहरीका अनुसार ,आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले...










