स्थानीय

स्वर समर्पणकाे तयारी तिब्र ,२७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन

हेटौंडा । नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा साउन ७ गते आयोजित जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ । जनसंगठन समन्वय संयन्त्र र...

सिस्नेरी सडक खण्डमा ह्विल लोडर दुर्घटना, एक जना घाइते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सिस्नेरी–काठमाडौं सडक खण्डमा सोमबार बिहान एक ह्विल लोडर दुर्घटनामा परेको छ। खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा।प्र।०३–००४ क ४४६३ नम्बरको ह्विल लोडरको ब्रेक फेल भई सडकको वायाँ भित्तामा ठोक्किन गई करिब ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त दुर्घटनामा...

कप्तान साम्बा हेटौंडा आउदै

हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । साम्बालाई हेटौंडेली खेलप्रेमीहरुमा पनि उत्साह छाएको छ ।...

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरुमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउनुभएको छ । सिंहदरबारमा आईतवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको दफावार छलफल भएको थियो । जसक्रममा...

प्रशासन बिरुद्ध हेटौंडाका जनप्रतिनिधिहरू प्रशासन परिसरमै धर्नामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि...

वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार, पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा नछोड्ने वनकरियाको अडान

हेटौंडा । करिव तीन दशकअघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधाप खोलाको किनारमा बसोवास गर्दै आएको छ । नेपाल सरकारले २०६२ साल चैत २८ गते उनीहरूलाई कबुलियती वनको ९ हेक्टर जमिन २० वर्षका लागि उपयोग गर्न दिने कागजात प्रदान गरेको थियो । म्याद...

लागुऔषध ओसारपसारमा नाबालकलाई प्रयोग गर्ने एक जना पक्राउ

हेटौंडा । लागुऔषधको कारोबारमा नाबालकलाई ओसारपसार गर्न लगाउने एक जना मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–३ का ३० वर्षीय साजन लामा थिङ (उर्फ भेण्डम)लाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट आइतबार पक्राउ गरेको हो। उनलाई प्रहरीले लागुऔषध ओसारपसारमा एक नाबालकलाई प्रयोग गरेको अभियोगमा पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उक्त...

हेटौंडामा आयुर्वेद चिकित्सालयको नयाँ भवनको उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनको उद्घाटन भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार औपचारिक रूपमा भवन उद्घाटन गर्दै आयुर्वेदलाई ‘सपोर्टिभ हेल्थ सिस्टम’ का रूपमा मात्र नभई, भविष्यको दीगो उपचार माध्यमको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताएका छन्...

सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्। शनिबार दिउँसो ४:३० बजेको समयमा अन्दाजी १७–१८ वर्षका कर्ण भन्ने प्रणय गुप्ता खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। बारा जिल्ला, कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँको माइतीघरमा बस्दै आएका गुप्ता...

नेपाल चिकित्सक संघ मकवानपुरद्वारा स्वास्थ्य सेवा बहिस्कार जारी 

हेटौंडा । चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा देखिएको बेवास्ता र चिकित्सकमाथिको दुर्व्यवहारको विरुद्ध जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। संघको केन्द्रीय समितिको निर्देशनअनुसार सोमबारको एकदिने सेवा बहिस्कारपछि मंगलबार पनि मकवानपुर जिल्लाभरका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक तथा सघन उपचारबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।...