स्थानीय

मकवानपुरको गौरीटारमा जुवा खेलिरहेका ५ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकैको एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो १:४५ बजे दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। सो क्रममा खाटमाथि खाल राखी नगद पैसाको हारजित हुने गरी जुवा...

हेटौडामा ब्रेक फेल भएको बसले कार र ट्याङ्कर ठक्करलाई दिँदा १० जना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ डाइभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। बसको ब्रेक फेल भएपछि कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्। बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको कार र सोही दिशातर्फ गइरहेको ट्याङ्कर ९ना...

हेटौंडामा ज्यान मार्ने उद्योग मुद्दामा एक जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ कपडा पसलमा व्यापारीमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ परेका छन्। जेठ २९ गते उक्त पसलमा कपडा किन्न आएका केही व्यक्तिहरूबीच व्यापारीसँग विवाद भएको थियो। कपडाको मूल्य बढी भएको भन्दै अश्लील शब्द प्रयोग गर्दै विवाद बढेपछि समूहले पसल...

हेटौंडाकाे एक कपडा पसलमा अपरिचित समूहद्वारा आक्रमण

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्तिरोडमा रहेको दास इम्पोरियम कपडा पसलमा अपरिचित व्यक्तिहरूले आक्रमण गरिएको छ। कपडा किन्ने विषयमा सामान्य विवाद हुँदा तीन जना अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर पसल सञ्चालकलाई काठको बेलनले प्रहार गरेका हुन्। प्रहारबाट पसल सञ्चालक ६५ वर्षीय बिन्दल दासको टाउकोको पछाडिको भागमा चोट...

हेटौंडामा कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमू सम्पन्न भएको छ। कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के-हामी परियोजनाको सहकार्यमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि...

कान्तिलोकपथ सडक चार दिन बन्द, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । मकवानपुरको बगुवा क्षेत्रमा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामलाई प्राथमिकता दिँदै प्रशासनले कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म कान्तिलोकपथमार्फत हुने सवारी आवागमन स्थगित गरिने जनाएको हो। बगुवास्थित बागमती खोलामा...

मुख्यमन्त्री लामालाई उधमशीलता प्रबर्दनका क्षेत्रमा सहकार्य गर्न अध्यक्ष रानाभाटकाे प्रस्ताब

हेटौंडा । निती कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवानपुर उधोग वाणिज्य संघले सहकार्यको प्रस्ताब गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसंगको भेटमा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सरकार र निजी क्षेत्रको सहकार्यमा काम गर्ने गरी उधमशीलता प्रबर्दनका...

बकैया ३ मा गोरेटे बाटोमा लडेर एकजनाको मृत्यु

हेटौंडा  । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका–३, जलजलेमा लडेर एकजनाको मृत्यु भएको छ । ४७ वर्षीय बरूण लामिछानेकाे गाई गोठ नजिक गोरेटे बाटोमा  लडेर मृत भएको हाे । हात्तीसुँडे बजारबाट घरतर्फ जाने क्रममा गाई गोठ नजिक गोरेटे बाटोमा आफैं लडेर मृत अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराएको प्रहरीले उल्लेख गरेको...

हेटौंडा १९ नेवारपानीकाे डम्फिङ साईडमा एक जनाकाे मृत्यु

हेटाैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा एक जनाकाे मृत्यु भएको छ। नेवारपानीस्थित हेटौँडा डेरी उद्योग परिसरको फोहोर डम्फिङ साईडमा प्लास्टिकका भाँडाहरु संकलन गर्ने क्रममा ढलेेर ३५ वर्षीय राजन परियारको मृत्यु भएको हाे । चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, टाँडीका राजन परियार बिहीबार अचेत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ।...

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, कृषकका समस्याहरुको समाधानमा सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम आज गरिएको छ । जनपत्र मिडिया प्रा.लि.हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा कृषकका समसामयिक समस्याहरुको समाधानमा सांसदहरुको भुमिका सम्वन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् बागमती प्रदेशको उद्योग, पर्यटन,...