स्थानीय

मनहरी २ मा गोठ र भान्सामा आगाेलागि हुँदा पाँच लाखकाे क्षति

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ स्याङ्बो टोलमा गोठ र सँगै रहेको भान्सामा अचानक लागेकाे आगो नियन्त्रणमा आएकाे छ । आगाे स्थानियको सहयोगमा ६:५० बजेको समयमा  पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साेहि स्थानमा बस्ने ५८ बर्षका सुरेन्द्र राईकाे घर नजिकै रहेको गाई गोठ...

१३१ बोतल लागुऔषधसहित १ जना पक्राउ

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्क स्थित डेरामा ONEREX- 100 ML को १३१ बोतल लागूऔषधसहित प्रहरीले बिकास तामाङलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिकास तामाङको डेरामा रितपुर्वक खानतलासी गर्ने...

वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले समृद्ध नेपाल निर्माणको मार्ग वनजङ्गलको संरक्षण र दिगो उपयोगमै रहेको स्पष्ट पार्नुभएको छ। मङ्गलबार हेटौंडामा आयोजित बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र प्राकृतिक विपद्का समस्या समाधान गर्न वनजङ्गलको संरक्षण अपरिहार्य...

कुलेखानी–मातातीर्थ सडक ८ दिन बन्द : वैकल्पिक मार्गको सुझाव

हेटौंडा। काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि महत्वपूर्ण कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नतिको क्रममा ढलानको काम तीव्र गतिमा भइरहेकाले जेठ १३ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालन रोकिएको हो। पूर्वाधार विकास कार्यालय, ललितपुरका अनुसार ढलानको चरणमा पुगेको सडकमा सवारी आवागमन हुँदा निर्माण...

बरिस्ता तालिम लिने ४० जनालाई प्रमाणपत्र हस्तान्तरण

हेटौंडा । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास कार्यालय, मकवानपुरको वित्तीय सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सम्पन्न ३२ दिने (१६० घण्टे) बरिस्ता तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। आइतबार आयोजित एक कार्यक्रममा सामाजिक विकास कार्यालय, मकवानपुरका प्रमुख गोपालप्रसाद कँडेल र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी...

कान्तिलोकपथ सडक खुल्याे

हेटौंडा । निरन्तरको वर्षा र पूर्वाधारको अस्थायी समाधानले कान्तिलोकपथ सडक बारम्बार अवरुद्ध हुन थालेको छ। शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १२ घण्टा अवरुद्ध भएको यो सडक शनिबार बिहान मात्र सञ्चालनमा ल्याइएको हो। ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुलको स्थानमा बनाइएको डाइभर्सन...

बाढीले सडक भत्किँदा कान्तिलोकपथ सडक बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह

  हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीका कारण मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथ सडक बन्द हुँदा काठमाडौँ–हेटौँडा सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो बगाउँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब...

जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा फरार प्रतिवादी पक्राउ

हेटौंडा ।  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लामो समयदेखि फरार रहेकी एक जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत, मकवानपुरमा बुझाएको छ। प्रहरीको अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न रहिएकी हेटौंडा उपमहानगरपालिका–१० निवासी ४० वर्षीया भवानी रानालाई आज पक्राउ गरिएको हो। मकवानपुर जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार...

वन अतिक्रमणको बढ्दो संकट : बागमती प्रदेशको हरियाली संकटमा

हेटौंडा। बागमती प्रदेशमा फैलँदो वन अतिक्रमणले वातावरणीय सन्तुलन र जैविक विविधता संकटमा पारेको छ। प्रदेशका १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपछि वातावरणीय सरोकारवालाहरू चिन्तित छन्। प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमणमा परेको भाग करिब तीन प्रतिशत हो। तर यो सामान्य तथ्य मात्र...

बोरीङमा डुबेको योद्धा गाडीको खोजी कार्य तीव्र, केही पार्टपुर्जा फेला

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँस्थित बोरीङको कारण जमिनमा धसियर हराएको योद्धा गाडीको पार्टपुर्जा फेला परेको छ। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा धसियर हराएको थियो। हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा जेठ ६ गते स्काभेटर र क्रेनको प्रयोग गरी गाडी खोजीको काम...