१३१ बोतल लागुऔषधसहित १ जना पक्राउ

संवाददाता
२०८२ जेष्ठ १४, मंगलवार १८:०५

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्क स्थित डेरामा ONEREX- 100 ML को १३१ बोतल लागूऔषधसहित प्रहरीले बिकास तामाङलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिकास तामाङको डेरामा रितपुर्वक खानतलासी गर्ने क्रममा उक्त डेराको दराज भित्र जेब्रा झोलामा लागूऔषध ONEREX लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तामाङलाई नियन्त्रणमा लिई जिल्ला अदालत हेटौडाबाट लागू औषध ONEREX काे मुद्धामा ५ दिन को म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*