स्थानीय
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द
हेटौंडा । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज शुक्रबारदेखि बन्द गरिएको छ। आगामी जेठ २० गतेसम्म (१९ दिन) सो सडक पूर्ण रूपमा सवारीका लागि बन्द रहने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ। सडक कालोपत्रे कार्य तीव्र रुपमा अघि बढाउने उद्देश्यले सडक बन्द गरिएको हाे । सडक बन्दसँगै यस क्षेत्रका थुप्रै...
अखिल समाजवादी मकवानपुरद्वारा विद्यार्थी एकता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर २ मा रहेको विद्यालयकाे शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।...
गैरीगाउँमा जमिन भासिने घटना : सतही लापरवाहीले निम्त्याएको विपद् ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ काे सिमाना नजिक रहेकाे गैरीगाउँमा वैशाख १९ गते जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाले सतही भूगर्भ अध्ययनको अभाव तथा असावधानीपूर्ण मानव गतिविधिको गम्भीर नतिजा देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, घटनाको मूल कारण वर्षौंदेखि बोरिङमार्फत...
कालोपत्रे कार्य तीव्र : कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। कालोपत्रे कार्यलाई तिव्रता दिने उद्देश्यले जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सो सडकखण्डको स्तरोन्नति गर्न सवारी आवतजावत पूर्ण रूपमा बन्द...
उर्जामा आत्मनिर्भरतातर्फ एक कदम: कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुनः पूर्ण क्षमतामा
हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आफ्नो बिग्रिएको युनिट मर्मत गरी पुनः १४ मेगावाट क्षमतामा उत्पादन सुरु गरेपछि विद्युत् आपूर्तिमा ठूलो राहत मिलेको छ। गत वैशाख १५ देखि थालिएको मर्मत कार्य १४ दिनपछि सम्पन्न भई सोमबार अपराह्नबाट दुवै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। नेपाली १८ र चिनियाँ ३...
दीगो विकासका लक्ष्यमा युवाको भूमिका महत्वपूर्ण : मकवानपुर बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुदै
हेटौंडा । दीगो विकासका लक्ष्य (SDG) हासिल गर्न युवाको सक्रिय सहभागिता अपरिहार्य भएको निष्कर्ष निकाल्दै मकवानपुर बहुमुखी क्याम्पसले तीनदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्न लागेको छ। ‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल उद्देश्यका साथ सुरु हुने सम्मेलनले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारमा जोड्ने प्रयास गरेको क्याम्पस प्रमुख...
९३ हजार नक्कली नोट सहित अधिकारी पक्राउ
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेकाे छ । बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक राम कृष्ण अधिकारीलाई नेपाली ५०० काे नक्कली नोट १ सय ८६ थान सहित प्रहरीले...
भेटियाे मनहरीमा हराएको ट्रक
हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका ७ रमनटारबाट हराएकाे ट्रक भेटिएको छ । साेहि स्थानमा घर भएका ट्रक चालक २६ बर्षका सोम बहादुर थिङकाे घरबाट बिहान ट्रक हराएकाे हाे । आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको भनि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा थिङले...
भेटिएन भासिएको गाडी, काठमाडौँ फर्कियो भूगर्भविदको टोली
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान जमिनमुनि भासिएकाे घटनामा अनुसन्धानका लागि खटिएको भुगर्भविद् नारायण अधिकारी नेतृत्वको प्राविधिक टोलीले प्रारम्भिक कार्य सम्पन्न गरेको छ। टोलीले बुधबार प्रारम्भिक अध्ययन कार्य सम्पन्न गरी काठमाण्डौंतर्फ प्रस्थान गरेको जनाइएको छ। चुम्बकीय पद्धतिद्वारा...
बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइयो
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश भाषा दिवस २०८२ मनाइएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइएको हो । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।...










