मनहरी ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना मृत फेला
हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना युवक मृत फेला परेका छन् । साेहि स्थानका डिल्लिपुर घर भएका ३५ बर्षका बिष्णु प्रसाद सापकोटा मृत फेला परेका हुन् ।
घरमा कोहि कसैलाई नसोधी निस्की हिडेको सापकोटालाई आफन्तहरुले सबैतिर खोजतलास गर्ने क्रममा २:२५ बजेको समयमा घर देखी अन्दाजि १.५ किलाेमिटर पश्चिम दक्षिण तर्फ कोइराला डाँडाकाे थलि जंगलमा फेला पारेकाे प्रहरीले जनाएको छ ।
घटनास्थलमा सुरक्षित राखि मुचुल्का तथा अनुसन्धान लगायतको काम भईरहेकाे प्रहरीले जनाएको छ।











