अखिल समाजवादी मकवानपुरद्वारा विद्यार्थी एकता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

संवाददाता
२०८२ जेष्ठ २, बिहीबार २३:०५

मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर २ मा रहेको विद्यालयकाे शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै संगठनले उक्त अवसर पारी विद्यालय अनुगमन अभियानकाे पनि उद्घाटन गरेको छ ।

संगठनले पार्टीका जिम्मेवार व्यक्तिवहरुबाट सहयोग संकलन गरि दश हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो ।आफै अध्ययन गरेका विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरुलाई उत्साहित बनाउने उद्देश्यले अखिल (समाजवादी) मकवानपुरले शैक्षिक सामाग्री वितरण गरेको संगठनका सदस्यहरुले बताएका छन् ।

कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रिय सदस्य एवम् सामना परिवारका संयोजक आरोह सीले नेपालका आम विद्यार्थीहरुको हक, हित र अधिकारका लागि संघर्ष गरेको विद्यार्थी एकता दिवसले अझै पनि शसक्त ढंगले अघि बढ्ने बताएका छन् ।  त्यस्तै विशेष अतिथी तथा अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य विवेक सीले पनि विद्यार्थी दिवसको शुभकामना दिँदै राम्रोसँग अध्ययन गरि उज्ज्वल भविष्य कोर्न विद्यार्थीलाई प्रेरित गरेका छन् ।

कार्यक्रममा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गोङ्बा, अखिल (समाजवादी)का केन्द्रिय सदस्य बिक्रम सी लगायतको आतिथ्यता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*