गैरीगाउँमा जमिन भासिने घटना : सतही लापरवाहीले निम्त्याएको विपद् ? 

संवाददाता
२०८२ जेष्ठ १, बुधबार १०:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ काे सिमाना नजिक रहेकाे गैरीगाउँमा वैशाख १९ गते जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाले सतही भूगर्भ अध्ययनको अभाव तथा असावधानीपूर्ण मानव गतिविधिको गम्भीर नतिजा देखाएको छ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, घटनाको मूल कारण वर्षौंदेखि बोरिङमार्फत सिल्ट मिश्रित पानीको अनियन्त्रित निष्कासन रहेको बताएकाे छ । यस्ता बोरिङको निगरानी, व्यवस्थापन तथा बन्दोबस्त नगर्नु जस्तो लापरवाहीले अन्ततः जमिन भासिने गरी प्राकृतिक संकट निम्त्याएको देखिन्छ।विशेषज्ञहरूका अनुसार, जमिनमुनि बनिरहेका सूक्ष्म भ्वाङहरू समयक्रममा सघन भारको कारण ठूलो खाडलमा परिणत भएकाे हाे । सडक सतहभन्दा करिब ६ मिटर तल गाडी भएको अनुमान गरिएको छ। तर, जमिन कमजोर संरचना भएकोले यथास्थान उत्खनन अत्यन्त जोखिमपूर्ण भएको भूगर्भविद्हरूले चेतावनी दिएका छन्।

परीक्षणले देखाएको अनुसार भासिएको क्षेत्रको माटो सिल्ट मिसिएको क्ले र मसिनो वालुवाको तहले बनेको पाईएकाे छ । जुन संरचना भासिने सम्भावनाका लागि अति संवेदनशील हो।  उक्त क्षेत्रको भूजल सतह जमिनबाट ५.५ मिटर तल रहेकाे र जुन जमिनको स्थायित्वका लागि खतराको संकेत भएकाे बताईएकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*