कान्तिलोकपथ सडक खुल्याे

संवाददाता
२०८२ जेष्ठ ११, शनिबार १२:३५

हेटौंडा । निरन्तरको वर्षा र पूर्वाधारको अस्थायी समाधानले कान्तिलोकपथ सडक बारम्बार अवरुद्ध हुन थालेको छ। शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १२ घण्टा अवरुद्ध भएको यो सडक शनिबार बिहान मात्र सञ्चालनमा ल्याइएको हो।

ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुलको स्थानमा बनाइएको डाइभर्सन फेरि बाढीले बगाएपछि समस्या दोहोरिएको हो। गत असोजको बाढीले स्थायी पुलको संरचना भत्काएपछि डाइभर्सनबाटै आवागमन हुँदै आएको थियो।

स्थानीयवासी र यात्रुहरूले बारम्बारको अबरुद्धताले यात्रा जोखिमपूर्ण र असहज बनेको गुनासो गरेका छन्। रातको समयमा यात्रा गरिरहेका यात्रुहरू बिच बाटोमै अलपत्र परे।

मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार सुरुमा साना सवारीका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो भने पछि पूर्ण रूपमा सडक खोलिएको हो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*