वन अतिक्रमणको बढ्दो संकट : बागमती प्रदेशको हरियाली संकटमा

संवाददाता
२०८२ जेष्ठ ९, बिहीबार ०९:०६

हेटौंडा। बागमती प्रदेशमा फैलँदो वन अतिक्रमणले वातावरणीय सन्तुलन र जैविक विविधता संकटमा पारेको छ। प्रदेशका १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपछि वातावरणीय सरोकारवालाहरू चिन्तित छन्।

प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमणमा परेको भाग करिब तीन प्रतिशत हो। तर यो सामान्य तथ्य मात्र होइन; यसले प्रदेशको पर्यावरण, वन्यजन्तु तथा प्राकृतिक स्रोत-साधनमा गम्भीर असर पार्न थालेको छ।

महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन अनुसार अतिक्रमण बढ्नमा वन प्रशासनको कमजोरी र सरकारी बेवास्ता मुख्य कारण हुन्। प्रदेश मातहतका डिभिजन वन कार्यालयहरूले अतिक्रमण रोक्न पर्याप्त चासो नदिएको आरोप प्रतिवेदनमा स्पष्ट छ।

सामुदायिक वनहरूमा सबैभन्दा बढी अतिक्रमण भएको देखिएको छ। पर्यटन व्यवसाय, होटल निर्माण, अव्यवस्थित बसोबास, र सुकुम्बासी बस्तीले वन क्षेत्रको स्वरूप नै बिगार्न थालेका छन्। महालेखा कार्यालयले वन ऐनअनुसार कडा कदम चाल्न सरकारलाई सुझाव दिएको छ।

महालेखा कार्यालयकाे प्रतिवेदन 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*