मनहरी २ मा गोठ र भान्सामा आगाेलागि हुँदा पाँच लाखकाे क्षति
हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ स्याङ्बो टोलमा गोठ र सँगै रहेको भान्सामा अचानक लागेकाे आगो नियन्त्रणमा आएकाे छ । आगाे स्थानियको सहयोगमा ६:५० बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
साेहि स्थानमा बस्ने ५८ बर्षका सुरेन्द्र राईकाे घर नजिकै रहेको गाई गोठ र सँगै रहेको भान्सामा अचानक आगोलागि भएको हाे । आगलागिबाट गाई गोठमा रहेको एक हल(२वटा) गोरु, बाख्रा ७ वटा, कुखुरा १५ वटा पूर्ण रुपमा जलेको साथै भाडाकुडाहरु र २ वटा ग्याँस सिलिण्डर समेत पट्किएर पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । आगलागिबाट अनुमानित पाँच लाख बराबरको क्षति भएको घर धनीले बताएका छन् ।
आगो निभाउने क्रममा सिलिण्डर पड्किएर सोही स्थान बस्ने २६ बर्षका मन कुमार स्याङबोको दाहिने छातिको भागमा सामान्य चोट लागेकाे र स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।











