जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा फरार प्रतिवादी पक्राउ

संवाददाता
२०८२ जेष्ठ १०, शुक्रबार २०:२८

हेटौंडा ।  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लामो समयदेखि फरार रहेकी एक जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत, मकवानपुरमा बुझाएको छ।

प्रहरीको अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न रहिएकी हेटौंडा उपमहानगरपालिका–१० निवासी ४० वर्षीया भवानी रानालाई आज पक्राउ गरिएको हो। मकवानपुर जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार रानालाई १ महिनाको कैद सजाय र रु. ४१ लाख ७८ हजार ६७ रुपैयाँ जरिवाना तोकिएको थियो। वारदात पश्चात फरार रहेकी रानालाई प्रहरीको विशेष खोजतलास टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकी रानालाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन आज अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरीले फरार रहेका अन्य अभियुक्तहरूलाई पनि नियमनमा ल्याउनका लागि निरन्तर खोजतलास जारी राखेको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*