बोरीङमा डुबेको योद्धा गाडीको खोजी कार्य तीव्र, केही पार्टपुर्जा फेला

संवाददाता
२०८२ जेष्ठ ७, मंगलवार १८:१७

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँस्थित बोरीङको कारण जमिनमा धसियर हराएको योद्धा गाडीको पार्टपुर्जा फेला परेको छ।
वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा धसियर हराएको थियो।

हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा जेठ ६ गते स्काभेटर र क्रेनको प्रयोग गरी गाडी खोजीको काम पुनः सुरु गरिएको छ। खोजतलासको क्रममा गाडीका केही पार्टपुर्जा फेला परेको जनाइएको छ। हालसम्म गाडी पूर्ण रूपमा निकालिएको छैन । उक्त गाडीको खोजी कार्य जारी रहेको अध्यक्ष कोइरालाले जानकारी दिए।

गाडी हराएको सूचना प्राप्त भएयता सम्बन्धित निकायहरूद्वारा निरन्तर खोजतलास जारी राखिएको थियो। खोज कार्यलाई प्रभावकारी बनाउन यहि जेठ २ गते काठमाडौंस्थित भुगर्भ विभागबाट प्राविधिक टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थलको अध्ययन गरी माटो परीक्षणका लागि नमूना संकलन गरी परिक्षण गरेका थिए। उक्त परीक्षणपछि सो स्थानमा सतर्कता अपनाई उत्खनन् गर्न सकिने सुझाव भुगर्भविदको टोलीले दिएका थिए ।

स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, प्राविधिक तथा सर्वसाधारणको सहयोगमा घटनास्थलमा गाडी खोजि कार्य भइरहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज कार्य थप व्यवस्थित ढंगले अघि बढाइने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*