हेटौंडा १९ नेवारपानीकाे डम्फिङ साईडमा एक जनाकाे मृत्यु

संवाददाता
२०८२ जेष्ठ १८, शनिबार १४:०४

हेटाैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा एक जनाकाे मृत्यु भएको छ। नेवारपानीस्थित हेटौँडा डेरी उद्योग परिसरको फोहोर डम्फिङ साईडमा प्लास्टिकका भाँडाहरु संकलन गर्ने क्रममा ढलेेर ३५ वर्षीय राजन परियारको मृत्यु भएको हाे ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, टाँडीका राजन परियार बिहीबार अचेत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ।

परियारलाई उपचारका लागि हेटौँडा अस्पतालाई पठाइएको थियो । हेटौँडा अस्पतालमा उपचारको क्रममा साँझ ५ बजेर ४० मिनेटको समयमा परियारलाई मृत भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*