बकैया ३ मा गोरेटे बाटोमा लडेर एकजनाको मृत्यु
हेटौंडा । पुर्वी मकवानपुरकाे बकैया गाउँपालिका–३, जलजलेमा लडेर एकजनाको मृत्यु भएको छ ।
४७ वर्षीय बरूण लामिछानेकाे गाई गोठ नजिक गोरेटे बाटोमा लडेर मृत भएको हाे ।
हात्तीसुँडे बजारबाट घरतर्फ जाने क्रममा गाई गोठ नजिक गोरेटे बाटोमा आफैं लडेर मृत अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराएको प्रहरीले उल्लेख गरेको छ ।











