हेटौंडामा कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमू सम्पन्न भएको छ।
कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के-हामी परियोजनाको सहकार्यमा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले देशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । उनले विदेश जाने युवाहरूका लागि सीप विकास तथा फर्केका श्रमिकलाई उद्यमशीलता विकासका लागि ऋणको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
अङ्कुर नेपाल हेटौंडा समितिका अध्यक्ष किशोर कुमार डंगोलको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा के-हामी परियोजनाको प्रशासनिक सहायक सिम्रन शाहले कोरियाली सहयोग र प्रवासी श्रमिकका परिवारलाई लक्षित योजनाहरूको प्रस्तुति गरेका थिए।
कार्यक्रम संयोजक एवम् प्रशिक्षक माधव सापकोटाले घर र परिवारको दायित्व विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षण वित्तीय साक्षरताको विषयमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षक अनिल श्रेष्ठ सहजीकरण गर्नु गरेको थिए । कार्यक्रममा कोरियन संस्कृति कक्षका विद्यार्थीहरूले कोरियन गीत र नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा २०० भन्दा बढिको सहभागी रहेको थियो ।










