मुख्यमन्त्री लामालाई उधमशीलता प्रबर्दनका क्षेत्रमा सहकार्य गर्न अध्यक्ष रानाभाटकाे प्रस्ताब
हेटौंडा । निती कार्यक्रम मार्फत निजी क्षेत्रसंग सहकार्य गर्ने सन्देश दिएको बागमती प्रदेश सरकारसंग मकवानपुर उधोग वाणिज्य संघले सहकार्यको प्रस्ताब गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसंगको भेटमा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले सरकार र निजी क्षेत्रको सहकार्यमा काम गर्ने गरी उधमशीलता प्रबर्दनका क्षेत्रमा सहकार्य गर्न प्रस्ताब गर्नुभएको हो ।
भेटमा मकवानपुर उधोग वाणिज्य संघका तर्फबाट एशोसियट उपाध्यक्ष उज्वल चौलागाई, महासचिब प्रतिमा श्रेष्ठ सहभागी थिए । उधोग वाणिज्य संघका प्रतिनिधीले लगानी मैत्री बजेट निर्माणका लागि सरकारलाई आग्रह गरेको अध्यक्ष रानाभाटले बताउनुभयो । उधोग मैत्री वातावरण निर्माण र दक्ष जनशक्ती उत्पादनमा मकवानपुर उधोग वाणिज्य संघले सरकारसंग सहकार्य गर्न तयार रहेको उहांले बताउनुभयो । भेटमा पल्पसा सदनमा बिशीष्ट अतिथी सत्कार गृह बनाउने प्रस्ताब सहित प्रदेश सरकारसंग बजेट माग गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
मुख्यमन्त्री लामाले प्रदेश सरकार प्रदेशको समृद्दीका लागि निजी क्षेत्रसंग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । निजी क्षेत्रका सकारात्मक सुझाबलाई समेटेर बजेट ल्याउने तयारीमा रहेको मुख्यमन्त्री लामाले बताउनुभयो । यो बजेटले उधोगीहरुलाई आकर्षित गर्दै रोजगारी बृद्धी गराउने उहांले बताउनुभयो ।











