हेटौंडाकाे एक कपडा पसलमा अपरिचित समूहद्वारा आक्रमण

संवाददाता
२०८२ जेष्ठ ३०, बिहीबार १९:१८

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्तिरोडमा रहेको दास इम्पोरियम कपडा पसलमा अपरिचित व्यक्तिहरूले आक्रमण गरिएको छ। कपडा किन्ने विषयमा सामान्य विवाद हुँदा तीन जना अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर पसल सञ्चालकलाई काठको बेलनले प्रहार गरेका हुन्।

प्रहारबाट पसल सञ्चालक ६५ वर्षीय बिन्दल दासको टाउकोको पछाडिको भागमा चोट लागेको छ। घाइते दासलाई  उपचारका लागि हेटौंडा अस्पताल भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले मध्यम रहेको बताइएको छ।

घटनापछि तत्काल प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले घटनास्थलको अनुसन्धान थालेको छ। प्रहरीले ९ जना संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*