नेपाल चिकित्सक संघ मकवानपुरद्वारा स्वास्थ्य सेवा बहिस्कार जारी
हेटौंडा । चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा देखिएको बेवास्ता र चिकित्सकमाथिको दुर्व्यवहारको विरुद्ध जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। संघको केन्द्रीय समितिको निर्देशनअनुसार सोमबारको एकदिने सेवा बहिस्कारपछि मंगलबार पनि मकवानपुर जिल्लाभरका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक तथा सघन उपचारबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।
मकवानपुर शाखाले एक विज्ञप्ति जारी गर्दै आम जनताको सेवामा असुविधा भएकोमा दुःख व्यक्त गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार स्वयंम रहेको जनाएको छ। संघले सरकारले चिकित्सक समुदायका जायज माग सम्बोधन गर्न कुनै पनि ठोस पहल नगरेको आरोप लगाएको छ।
सोमबारको आन्दोलनमा एकदिने सेवा बहिस्कार गरिएको थियो । साथै सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका थिए। नेपाल चिकित्सक संघले लामो समयदेखि चिकित्सक सुरक्षाको माग गर्दै आइरहेको छ। साथै संघले अामनागरिकमा पर्न गएकाे असर प्रति दुख व्यक्त गर्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने जनाएको छ।










