लागुऔषध ओसारपसारमा नाबालकलाई प्रयोग गर्ने एक जना पक्राउ

संवाददाता
२०८२ असार ३०, सोमबार ११:०२

हेटौंडा । लागुऔषधको कारोबारमा नाबालकलाई ओसारपसार गर्न लगाउने एक जना मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका–३ का ३० वर्षीय साजन लामा थिङ (उर्फ भेण्डम)लाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट आइतबार पक्राउ गरेको हो। उनलाई प्रहरीले लागुऔषध ओसारपसारमा एक नाबालकलाई प्रयोग गरेको अभियोगमा पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा उक्त लागुऔषध भेण्डमको भएको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, “नाबालकहरूलाई सजिलै प्रभावित गरेर अपराधमा प्रयोग गर्ने प्रवृत्ति अत्यन्तै चिन्ताजनक छ। यस्तो आपराधिक मनोवृत्तिको शृङ्खला रोक्न प्रहरी गम्भीर छ।”

मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*