मकवानपुर प्रहरीले गर्यो आर्थिक वर्ष २०८१/०८२ मा १९ करोड ८८ लाख बराबरको राजश्व संकलन

संवाददाता
२०८२ श्रावण ९, बिहीबार १५:०६

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी इकाइहरूले चालु आर्थिक वर्ष २०८१/०८२ मा गरेका कार्यसम्पादन विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिवेदनअनुसार अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण, ट्राफिक व्यवस्थापन, फैसला कार्यान्वयनदेखि अबैध उत्खनन् नियन्त्रणसम्मका विषय समावेश छन् ।

प्रहरीका अनुसार ,आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न शीर्षकमा गरी कुल १ हजार ७५ वटा मुद्दा दर्ता गरेको थियो । ९ सय २८ जना व्यक्तिहरूलाई पक्राउ गरिएको थियो । लागुऔषधसम्बन्धी मुद्दा मात्र १ सय ८८ वटा दर्ता गरिएको छ र २ सय ८९ जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका मध्ये २ सय ५९ जना स्वदेशी पुरुष, १७ जना स्वदेशी महिला, १२ जना विदेशी पुरुष र १ जना विदेशी महिला रहेका छन् ।

मकवानपुर प्रहरीले वर्षभरिमा ६ हजार ४ किलो गांजा, ५१ किलो ७ सय १० ग्राम चरेश, २६ किलो ८ सय ८० ग्राम अफिम, ६ सय २८ बोतल कोरेक्स, ९५ हजार २सय  ७१ थान नाईट्राभेट र ट्रामाडोल ट्याबलेटरक्यापसुल, २ हजार ७ सय ५७ एम्पुल डाईजेपाम, ४सय ७६ ग्राम ४ सय ३३ मिलिग्राम खैरोहेरोइन र ५५ वटा सवारीसाधन बरामद गरेको छ । साथै, लागुऔषध खेती नियन्त्रण अन्तर्गत १ सय २० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गांजा खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलको अफिम खेती फडानी गरिएको छ, जसमा ४ सय २१ जना प्रहरी परिचालित भएका थिए ।

अबैध भन्सार छलि नियन्त्रण अन्तर्गत प्रहरीले लत्ता कपडा तथा खाद्यान्न समाग्री नियन्त्रणमा लिएको थियो ।  जसको मूल्यांकन २ करोड ५९ लाख १९ हजार ९ सय ९ रुपैयाँ बराबरको रहेको  छ । त्यस्तै, ८ किलो ७ सय ३५ ग्राम १सय ४३ मिलिग्राम सुनबरामद गरेको छ । जसको हालको बजार मुल्य १२ करोड १७ लाख २७ हजार ५ सय ६ रुपैयाँ रहेको छ । साथै २ किलो १ सय ९६ ग्राम चाँदी जस को बजारमुल्य ३ लाख ६६ हजार ५ सय ४९ रुपैयाँ रहेको छ । त्यस्तै १० थान सवारीसाधन  ७० लाख ८१ हजार रुपैयाँको बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी ३२ हजार युएस डलर  र  १४ हजार युरो डलर गरी कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ नेपाली रुपैैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद गरिएको छ। यी सबै मिलाएर प्रहरीले १६ करोड १७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ ।

फैसला कार्यान्वयनको क्षेत्रमा फरार रहेका १ सय ८३ जना प्रतिबादी पक्राउ गरिनुका साथै १ करोड २१ लाख ७३ हजार ८सय ५ जरिवाना असुल गरेको छ । त्यस्तै, ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरेको छ । अबैध गिट्टी, बालुवा उत्खनन् नियन्त्रणमा वर्षभरिमा १ सय ६२ वटा ट्रयाक्टर, ३१ वटा टिप्पर र २ वटा स्काभेटरसहित १ सय ९५ वटा सवारी साधनमा कारबाही गरी  ११ लाख १५ हजार ५ सय  राजश्व संकलन गरिरे प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापनतर्फ, मकवानपुर जिल्लामा ४ सय ७ वटा सवारी दुर्घटना घटेका छन् जसमा ५० जनाको ज्यान गएको छ, १ सय ६३ जना गम्भीर घाइते र ८ सय २ जना सामान्य घाइते भएका छन्। सडक सुरक्षा तथा सचेतना अभिवृद्धिका लागि २ हजार ६ सय १६ वटा कार्यक्रम सञ्चालन गरेको छ जसमा १ लाख ४५ हजार ३ सय ३९ जना सहभागी भएका छन् । मद्यपान तथा लागुऔषध सेवन गरेर सवारी चलाउने ८ सय ४४ जनालाई कारबाही गरिएको छ भने २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । ट्राफिक उल्लङ्घनसम्बन्धी ३० हजार ३४ वटा कारबाहीबाट २ करोड ४१ लाख ४५ हजार ५४ रुपैँया राजश्व संकलन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरीएको छ ।

मकवानपुर प्रहरी कार्यालयले यस आर्थिक बर्ष २०८१/८२ मा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण, ट्राफिक व्यवस्थापन, फैसला कार्यान्वयनदेखि अबैध उत्खनन् नियन्त्रण लगाएतको बिषयमा  १९ करोड ८८ लाख १९ हजार ४ सय ४२ रुपँयौं  राज्वश्व संकलण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*