सडक विभागले पृथ्वी र महेन्द्र राजमार्ग विस्तार तीव्र बनाउने

संवाददाता
२०८२ मंसिर २५, बुधबार १८:१५

हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले पृथ्वी र महेन्द्र राजमार्गका प्रमुख खण्डहरूको स्तरोन्नति कार्य तीव्र गर्ने भएको छ। एडीबीको ऋण सहयोगमा सञ्चालन भइरहेको परियोजनाबारे सार्वजनिक सूचना जारी गर्दै आयोजनाहरूको विवरण निर्देशनालयले सार्वजनिक गरेको हो।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डमा मुग्लिन बजारदेखि मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म नयाँ २ लेन सडक निर्माण तथा पश्चिमतर्फ आबुँखैरेनीसम्म हालको सडकलाई ४ लेनमा विस्तार गरिनेछ।

यस्तै महेन्द्र राजमार्गको नारायणगढ–हेटौँडा खण्डमा गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो फ्लाइओभर र राप्ती नदी पुलसम्म ४ लेन सडक विस्तार हुनेछ। बस्ती तथा शहरी क्षेत्रमा मुख्य ४ लेन सडकसँगै सर्भिस लेन, ड्रेन, फुटपाथ तथा पदयात्री र सवारी वारपार पुलहरू समेत निर्माण गरिनेछ।

निर्देशनालयले विस्तार कार्य सुरु भइसकेकाले सडक सीमा अतिक्रमण नगर्न तथा विद्युत् पोल, ढल, खानेपानीलगायत संरचना स्थानान्तरणमा सहयोग गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*