विश्व
अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको...
भारतका १६ राज्यमा पुनः सक्रिय कोरोना संक्रमण
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः देखा पर्न थालेको छ। देशका १६ राज्यमा एक हजारभन्दा बढी सक्रिय संक्रमितको पुष्टि भएसँगै सतर्कता अपनाउन थालिएको छ। तर, अधिकारीहरूका अनुसार अहिले देखिएको संक्रमण पहिलाको तुलनामा धेरै हल्का प्रकृतिको रहेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको विवरणअनुसार हाल देशभर १,००९...
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भए पनि युद्वविराम नभए पछि युद्ध तनाव व्यवस्थापनका लागि र्पुह स् वार्ता हुन लागेको हो । आपसी वार्ताबाट विवाद समाधान...
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा देशमा ‘यौम-ए-तशक्कुर’ दिवस मनाउने घोषणा
काठमाडौं । हालैको तनावपश्चात भारत र पाकिस्तानबीच शनिबार साँझ भएको युद्धविरामलाई विश्वभरबाट सकारात्मक संकेतका रूपमा लिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको सहमतिलाई विश्लेषकहरूले दक्षिण एसियामा शान्ति स्थापनाको प्रयासको पहिलो चरण मानेका छन्। २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथिको घातक आक्रमणपछि तीव्र बनेको द्वन्द्वले दुई आणविक शक्ति...
भारत विरुद्ध पाकिस्तानीको बुनयान-उल-मरसूस’ जवाफी कारबाही सुरु
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको छ। अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको...
भारत र पाकिस्तानको द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने
काठमाडौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् । अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा हमला हुँदा जेडी भान्स आफ्नी श्रीमती...
भारतकाे २४ वटा विमानस्थलहरू नागरिक सेवाका लागि बन्द
काठमाडौं । भारतका विभिन्न संवेदनशील राज्यहरूमा सुरक्षा सतर्कता बढाउँदै २४ विमानस्थलहरू अस्थायी रूपमा नागरिक सेवाका लागि बन्द गरिएका छन्। यसमा पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका विमानस्थलहरू पर्दछन्। नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै एयरलाइन्स तथा विमानस्थलहरूलाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको छ।...
आज विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौ । आज विश्व रेडक्रस दिवस मनाइँदैछ ।मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइँदैछ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र...
पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारियो
काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु...
पाँच भारतीय जेट खसालेको पाकिस्तानी सेनाको दाबी
काठमाडौं । पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन। यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना...










