भारतकाे २४ वटा विमानस्थलहरू नागरिक सेवाका लागि बन्द
काठमाडौं । भारतका विभिन्न संवेदनशील राज्यहरूमा सुरक्षा सतर्कता बढाउँदै २४ विमानस्थलहरू अस्थायी रूपमा नागरिक सेवाका लागि बन्द गरिएका छन्। यसमा पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका विमानस्थलहरू पर्दछन्।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै एयरलाइन्स तथा विमानस्थलहरूलाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको छ। अब सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (SLPC) अनिवार्य हुनेछ, र टर्मिनल भवनमा बाह्य आगन्तुकहरूको प्रवेश पनि प्रतिबन्धित गरिएको छ।
सुरक्षालाई थप मजबुत बनाउन एयर मार्शलहरू तैनाथ गरिने बताइएको छ। एयर इन्डियाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यात्रुहरूलाई विमानस्थल उडान समयभन्दा तीन घण्टा अघि पुग्न र चेक-इन ७५ मिनेट अघि नै सक्न अनुरोध गरेको छ।










