पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा देशमा ‘यौम-ए-तशक्कुर’ दिवस मनाउने घोषणा

संवाददाता
२०८२ बैशाख २८, आईतवार ०८:११

काठमाडौं । हालैको तनावपश्चात भारत र पाकिस्तानबीच शनिबार साँझ भएको युद्धविरामलाई विश्वभरबाट सकारात्मक संकेतका रूपमा लिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको सहमतिलाई विश्लेषकहरूले दक्षिण एसियामा शान्ति स्थापनाको प्रयासको पहिलो चरण मानेका छन्।

२२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथिको घातक आक्रमणपछि तीव्र बनेको द्वन्द्वले दुई आणविक शक्ति नजिकबाट भिडन्तमा पुगेका थिए। भारतको अपरेशन सिन्दूर र पाकिस्तानको जवाफी कारबाही ‘बुनियान-उल-मर्सुस’ ले स्थितिलाई जटिल बनाएको थियो।

युद्धविरामपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशमा ‘यौम-ए-तशक्कुर’ अर्थात् कृतज्ञता दिवस मनाउने घोषणा गर्दै सैनिकहरूको योगदानको प्रशंसा गरे। उनले यो दिवस ‘अल्लाहप्रति आभार, सुरक्षाफौजको सम्मान र राष्ट्रिय एकताको प्रतीक’का रूपमा मनाइने बताए।

युद्धविरामको सन्देशलाई भारतले पनि सकारात्मक प्रतिक्रिया दिएको छ, यद्यपि दुबै देशले युद्धविराम उल्लंघनको आरोप एकअर्कामाथि लगाएका छन्। तर समग्रमा, यो सहमति क्षेत्रीय स्थिरताको दिशामा उठेको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*