सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि खतराः एस. जयशंकर

संवाददाता
२०८२ आश्विन २४, शुक्रबार १९:२५

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले बिहीवार क्षेत्रीय सुरक्षा र सहकार्यसम्बन्धी सम्मेलनमा बोल्दै सीमापार आतंकवाद दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ ।

कुनै देशको नाम नलिई विदेशमन्त्री जयशंकरलेआतंकवादलाई प्रायोजन, संरक्षण वा कुनै बहानामा जायज मान्न नहुने बताउनु भयो। अफगानिस्तानका विदेशमन्त्रीको उपस्थितिमा भएको उक्त कार्यक्रममा जयशंकरले आतंकवादलाई अलग–अलग रूपमा हेर्न नहुने र आतंकवादी संगठनलाई सुरक्षित आश्रय वा आर्थिक सहयोग प्रदान गर्नेहरूलाई जवाफदेही बनाउनुपर्ने बताउनु भयो ।

उहाँले ‘केही देशले सीमापार आतंकवादलाई राज्य नीतिको हतियारका रूपमा प्रयोग गरिरहेको’ भन्दै यस्ता कार्यमा विश्व मौन रहन नहुने चेतावनी दिनुभयो । भारतले शान्त, स्थिर र समावेशी अफगानिस्तानको समर्थन दोहो¥याउनु भयो । अफगान मन्त्रीले भारतको पुनर्निर्माण र मानवीय सहायताको भुमिकाको प्रशंसा गर्नुभयो ।

छलफलमा क्षेत्रीय सम्पर्क, आतंकवादविरुद्ध सहकार्य र विश्वव्यापी कट्टरपन्थी सञ्जाल नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकतामा जोड दिइएको छ । जयशंकरको भनाइले आतंकवादविरुद्ध भारतको कडा अडान र क्षेत्रीय सहकार्यबाट सुरक्षालाई प्रोत्साहन गर्ने प्रतिवद्धता पुनः पुष्टि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*