कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल संचालनमा
हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको बागमती ९बगुवा० पुल पुनः संचालनमा आएको छ। वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो ।
बाढीका कारण पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाइएप छि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको थियो। असोज १२ गते बगाएको भागमा डाइभर्सन निर्माण गरेर सोमबार राति सवारी साधन सञ्चालनमा आएका हो।
उक्त पुल बगाउदा मकवानपुर र ललितपुर बीचको यातायात सम्पर्क विगत १० दिनदेखि टुटेको थियो। डाइभर्सन खुलेपछि सिस्नेरि, फाखेल भिमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ। कान्तिलोकपथ सञ्चालनमा आएसंगै हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने यात्रुहरुलाई सहज भएको छ ।
नेपाली सेना विगत चार दिनदेखि उक्त पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । सडक मर्मतका लागि सेनाको जनशक्ति र उपकरण एवं आवश्यक सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराएको थियो ।सोमबार बिहानसम्म एक दुधको ट्याङ्कर, ४ वटा ४ पाङ्ग्रे र दुई दर्जनभन्दा बढी मोटरसाइकल र स्कुटर पास गरिएका छन्। इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालले यो जानकारी दिनु भयो ।