बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस आइतबार नियुक्ति दिइने

संवाददाता
२०८१ कार्तिक ३, शनिबार ०९:१९

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टे रहेको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा निर्णय गरेको हो।

पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ उमेरको कारण पदमुक्त भएपछि ७ महिना लामो रिक्ततापछि महेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको हो। उनले बिहीबार सरकारी सेवाबाट अवकाश लिएका छन् र प्रदेश प्रमुख कार्यालयले आइतबार कार्तिक ०४ गते  नियुक्ति र सोमबार सपथ गराउने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*