हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी

संवाददाता
२०८१ आश्विन २०, आईतवार ०८:५६

हेटौंडा । अविरल बर्षासगैं आएको बाढिपहिरोको कारण बन्द रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा छ । त्यस्तै कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भोलि सोमवारसम्म लाग्ने आँकलन गरिएको छ । सङ्घीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नियमित सञ्चालनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*